+

म्यानचेष्टर सिटी एफए कपको चौथो चरणमा, युनाइटेडले फेरि खेल्नुपर्ने

२०७६ पुष  २० गते ११:२२ २०७६ पुष २० गते ११:२२
म्यानचेष्टर सिटी एफए कपको चौथो चरणमा, युनाइटेडले फेरि खेल्नुपर्ने

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी सहज जितसहित एफए कपको चौथो चरणमा प्रवेश गर्दा म्यानचेष्टर युनाइटेडले भने वल्भ्ससँग फेरी खेल्नुपर्ने भएको छ ।

युनाइटेड र वल्च्सले बराबरी खेलेपछि पुन: खेल हुने भएको हो ।

गएराति भएको तेस्रो चरणको खेलमा सिटीले पोर्ट भालेलाई ४-१ ले पराजित गर्‍यो । सिटीका लागि फिल फोडेनले एक गोल गर्नुका साथै एक असिस्ट गरे ।

यस्तै जिनचेन्को सर्जियो अगुएरो र हारवुड बेलिसले सिटीका लागि एक-एक गोल गरे । पोर्ट भालेका लागि पोपले एक गोल फर्काए ।

यस्तै प्रिमियर लिगकै लेस्टरले विगान एथ्लेटिकलाई २-० ले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय