+
+

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा कांग्रेसका रेग्मी र गौचनको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १४:३७

२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी र विमला गौचनले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले आइतबार जिल्ला निर्वाचन कार्यालय कास्कीमा मनोनयन दर्ता गराएका हुन् ।

राष्ट्रियसभामा एउटा प्रदेशबाट निर्वाचित हुने ८ पदमध्ये एक महिनापछि गण्डकी प्रदेशका अन्य र महिला सदस्य गरी २ पद खाली हुँदैछ । अन्य सदस्यमा उम्मेदवारी दिएका रेग्मीको प्रस्तावकमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल र समर्थक भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाँराम पौडेल रहेका छन् ।

त्यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका विमला गौचनको प्रस्तावकमा जलजला गाउँपालिका पर्वतकी उपाध्यक्ष सीमा गर्बुजा पुन र समर्थक स्याङ्जा भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्य रहेकी छन् ।

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य सदस्यमा नारायणकाजी श्रेष्ठ र महिला सदस्यमा भगवती न्यौपानेले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?