
२१ पुस, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार लागि छापावँल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोेकेको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको छ ।
गत शुक्रबार, आइतबार र सोमबारका लागि तोकिएको सुनको बजार खरिद मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।
आइतबारको तुलनमा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ ।
अमेरिका र इरानबीच बढ्दो तनावपछि शुक्रबारदेखि विश्व बजारमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सोही असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले अनलाइनखबरलाई बताए ।
पुसमा सुनको कारोबार खासै नहुने भए पनि बड्दो मूल्यले सुन बजार झनै सुनुसान बनेको उनले बताए ।
प्रतिक्रिया 4