Comments Add Comment

ब्रिटिश संग्रहालयमा तीन हजार वर्ष पुरानो जीवनशैली

तीन हजार वर्ष पहिलेका मानिसहरुको जीवनशैली कस्तो थियो होला ? के खान्थे, के लगाउँथे ? उनीहरुको बसोबास र खानपानको शैली कस्तो थियो ? त्यो देख्नको लागि केवल अब पर्दा बाँकी रहन्छ । त्यही हामीले प्रत्यक्ष रुपमा हेर्न नसक्ने तीन हजार वर्ष पुरानो कथालाई बेलायतको बि्रटिस म्युजियममा रहेको एउटा सानो पर्दामा देखाईँदैछ ।

ट्रोय शहर, विश्व सुन्दरी हेलेन, ट्रोजनको युद्ध । यी सबै ईसापूर्व ८०० तिर होमरले लेखेको इलियट र ओडिसीले त्यतिबेलाको समाजको चित्रण गरेको पाइन्छ । त्यहाँ उल्लेख गरिएको कथाहरूले ट्रोजन युद्धको हजारौं वर्षपछि पनि त्यतिबेलाको संस्कृतिलाई आकार दिने भएकोले यो अहिलेपनि सान्दर्भिक रहेको नाटकका निर्माताहरुलाई उद्दृत गर्दै सिएनएनले जनाएको छ ।

ट्रोजन युद्धको कहानी विश्वव्यापी पीडाको कहानी हो, जुन युद्धको मैदानमा फैलिएको छ । यो एक कथा हो, जसले युद्धमा हुने योद्धाको पीडालाई समेट्छ । जुन पुरानो जमानाको सत्य थियो । त्यो यतिबेला नाटकको रुपमा झल्किएको छ । त्यतिबेलाको जीवनशैलीको घटना अहिले पर्दामा देखाइएको हो ।

सन् १८६८ सम्म एउटा किताबी साहित्यको रुपमा रहेको ट्रोय शहर यतिबेला टर्कीको पश्चिमी भेगमा गरिएको उत्खनन्ले यथार्थ सावित गराइदियो । यसले ट्रोय शहरसँगै हेलेन र होमरको सिंगो इलियट र ओडिसीलाई नै यथार्थ घटना रहेको भनेर मान्य दुनियाँलाई बाध्य तुल्यायो ।

यही ट्रोय शहरको बारेमा बाहिर चर्चामा रहेको किंवदन्ती र यथार्थको खोजी गरेर “ट्रोयः मिथक एण्ड रियलिटी” नामक नाटक मार्फत् तीन हजार वर्ष पुरानो जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरिएको थियो । ट्रोय (आधुनिक हिसारलिक, टर्की) शहरलाई पौराणिक कथाबाट यथार्थको रुपमा सावित गराएका थिए हेन्रिच श्लिमनले गरेका थिए । जो एक व्यापारी भएर पनि इतिहास र पुरातत्वतिर खोजी गर्ने स्वभावका थिए ।

जतिबेला पूर्वमा वाल्मीकि जस्ता ऋषिको जन्म भएको थियो । त्यतिबेला ग्रीकले होमरलाई जम्म दियो । ठाउँ फरक थियो । तर, दुबैको उस्तै उस्तै मिल्दो जुल्दो कथा रचेर एउटा युद्धको बारेमा कथा लेखे । त्यो महाकाव्य बन्यो । रामायणकी सीता जस्तै इलियटकी पात्र बनिन् हेलेन । यही रामायणसँग मिल्दोजुल्दो इलियटको प्रदर्शन अहिले भइरहेको छ । सिएनएनका अनुसार यो मार्च ८ तारिकसम्म चल्ने छ । त्यही ओझपूर्ण साहित्यको  अभावका कारण अहिले पनि ३ हजार वर्ष पुरानो होमरका कृतिहरु होस् या त रामायण र महाभारत । यसरी नै यी साहित्यहरु जीवन्त बनिरहेका छन् ।

सिएनएनका अनुसार त्यो नाटकमा पनि त्यसको कथालाई तोडमोड नगरी देखाइएको छ । हेलेनको सुन्दरताका कारण नै ट्रोय शहरका मानिसहरुले उनलाई अपहरण गरेर ल्याएको कुरा होस् या त त्यही कारण ट्रोजन युद्धको नामबाट चलेको ठूलो युद्धहरु इलियट महाकाव्यको कथालाई भाव नबिग्रनेगरी प्रस्तुत गरिएको बताइन्छ । सोही युद्ध नाटक र साहित्यमा शक्तिशाली दन्त्यकथाको रुपमा विश्वमा चर्चित बनेको कथाले फेरि ब्रिटिश संग्रहालयमा एउटा जीवन्त प्रस्तुतिका साथ प्रवेश पाएको बताइएको छ ।

होमरको यो महाकाव्यमा दुई देशहरूबीच लडेको भयंकर १० वर्षेको युद्धको कथा समेटिएको छ । यसले युद्धको मैदानमा शक्तिशाली व्यक्तिहरूको प्रमुख प्रभाव देखाएको छ । जस्तै, ट्रोजन राजकुमार हेक्टर उनका सैनिक कमाण्डर, एचिलेजले कसरी अरुलाई प्रभावमा पारे ? भन्ने कुरा उल्लेख गरेको छ ।

तर, कविताले युद्धको मैदानबाट टाढा भएकाहरुको डरलाग्दो प्रभावलाई पनि चित्रण गरेको छ । एउटा अविस्मरणीय अंशमा, अचिलिसका कैदी बिरिसले आˆना पति र बच्चाहरूको हत्या गरेकोमा विलाप गरेका छन् । यो एक हृदय  विदारक घटना हो । जुन युद्धको रक्तपातले ल्याएको अत्यन्तै सार्वभौमिक दुःख हो भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment