+
+
Shares

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ : कमल थापा

रासस रासस
२०७६ पुष २६ गते १०:१०

२६ पुस, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताउनुभएको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताए ।

अध्यक्ष थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।’ अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस-कम्युनिष्टको विकल्पको रूपमा रहेको बताए ।

कार्यक्रममा अध्यक्ष थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी (विक्रम) र उनकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?