Comments Add Comment

थारु जातिको माघी पर्वका अवसरमा खिचरा महोत्सव

२७ पुस, चितवन । पूर्वी चितवनका थारु जातिले माघी (खिचरा) पर्वको अवसरमा आयोजना गरेको सातौं संस्करणको ‘खिचरा महोत्सव-२०७६’ आइतबारदेखि सुरु हुँदैछ ।

खैरहनी नगरपालिका वडा नं.-५ गौचरनमा आइतबारदेखि माघ ८ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवको नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

महोत्सवको उद्घाटनअघि बृहत शोभा यात्रा निस्किने छ । खैरहनी नगरपालिका वडा नं.८ मगनीचोकदेखि महोत्सव परिसरसम्म विविध जातजाति, संघसंस्थाका झाँकी एवम् भेषभुषासहितको शोभा यात्रा निस्किने प्रचारप्रसार समितिका संयोजक राजु चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले महोत्सव आयोजना गरेको हो । यस महोत्सवको मुख्य उद्देश्य थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु रहेको आयोजकको भनाइ छ । सोही अनुरुप महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको सांस्कृतिक कार्यक्रमलाई जोड दिइएको सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

महोत्सवमा १५० वटा स्टल रहने छन् । तिनीहरुमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै मिस नेपालद्धारा थारु भेषभुषासहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको राखिएको प्रचार संयोजक राजु चौधरीले जानकारी दिए ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्षमाथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा बाल उद्यान, मोटर बोटिङको व्यवस्थासमेत गरिएको छ

महोत्सवमा प्रवेशका लागि विगतका जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।

चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment