Comments Add Comment

अष्ट्रेलियाको १० विकेट जीतमा बनेको कीर्तिमान

तीन खेलको सिरिजमा अष्ट्रेलियाले भारतलाई पहिलो खेलमा १० विकेटले हराउँदै १-० को अग्रता लिएको छ ।

भारतले दिएको २५५ रनको लक्ष्य अष्ट्रेलियाले विकेट नगुमाई भेट्टायो, जसमा कप्तान आरोन फिन्च र डेविड वार्नरले शतक प्रहार गरे । वार्नरले अविजित १२८ र फिन्चले अविजित ११० रन बनाए ।

कीर्तिमान 

भारतले एकदिवसीय क्रिकेटमा १० विकेटले हारेको यो पाँचौ पटक हो । र घरेलु मैदानमा दोस्रो अनि अष्ट्रेलियासंग पहिलो पटक हो । पछिल्लो पटक सन् २००५ मा एडन गार्डेनमा भारत दक्षिण अफ्रिकासंग पराजित भएको थियो ।

यस्तै अष्ट्रेलियाले पनि पाँचौ पटक नै यस्तो जीत हात पारेको हो र सन् २००७ मा बंगलादेशलाई १० विकेटले हराएपछि यो पहिलो हो ।

यसअघि एकपटक मात्र २५६ भन्दा बढीको लक्ष्य विकेट नगुमाई पूरा गरेको थियो । सन् २०१७ मा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध २७९ रनको लक्ष्य विकेट नगुमाई पूरा गरेको थियो ।

वार्नर र फिन्चबीच भएको २ सय ५८ रनको साझेदारी भारतविरुद्ध कुनै पनि जोडीले कुनै पनि विकेटका लागि बनाएको उच्च साझेदारी हो ।

यसअघि २०१६ मा पर्थमा जर्ज बेली र स्टिभ स्मिथले २४२ रनको साझेदारी गरेका थीए। यस्तै लक्ष्य पछ्याउँदा यो तेस्रो ठूलो साझेदारी हो भने अष्ट्रेलियाको लागि कुनै पनि विकेटमा भएको तेस्रो ठूलो साझेदारी हो । ती सबैमा वार्नर संलग्न छन् ।

यसअघि वार्नर र फिन्चको भन्दा ठूलो साझेदारी भारतमा भएको थिएन । २०१० मा दक्षिण अफ्रिकाका ग्यारि क्रपस्टेन र हर्सल गिब्सले २३५ रनको साझेदारी गरेका थिए ।

दोस्रो पटक अष्ट्रेलियाका दुवै ओपनरले लक्ष्य पछ्याउँदा शतक प्रहार गरेका हुन् । यसअघि २००६ मा श्रीलंकाविरुद्ध एडम गिलक्रिस्ट र सिमोन काटिचले शतक प्रहार गरेका थिए। यस्तै भारतविरुद्ध लक्ष्य पछ्याउँदा दुवै विपक्षी ओपनरले शतक हानेको यो पहिलो पटक हो ।

भारतविरुद्ध ओडीआईमा वार्नर र फिन्सको औसत साझेदारी १०६ रनको हो । यी दुईले १० पटक भारतविरुद्ध ओपनिङ गर्दा उनीहरुले तीन शतकिय साझेदारीसहित ९५४ रन बनाएका थिए ।

डेविड वार्नर भन्दा कम इनिङ्समा यसअघि ३ खेलाडीले ओडीआईमा ५ हजार रन पूरा गरेका छन् । वार्नरले भारतविरुद्ध १२८ अविजित बनाउँदा ११५ ईनिङ्स खेले । सबैभन्दा छिटो उक्त उपलब्धी हासिल गरेका हासिम अमलाले १०१ ईनिङ्स खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment