Comments Add Comment

प्रदेश २ मा छोरीको बिमा गराउनेलाई निःशुल्क इन्टरनेट

१ माघ, जनकपुरधाम । प्रदेश २ मा छोरीको बिमा गराउने अभिभावकले तीन महिनासम्म निःशुल्क इन्टरनेट पाउने भएका छन् । प्रदेश सरकारले छोरीको बिमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको हो ।

प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बिमा गराउने काम पनि शुरुवात गरेको छ । २०७५ साल माघयता जन्मिएका हरेक छोरीको बिमा गराउने बताएको प्रदेश सरकारले ती बालिकाको अभिभावकलाई इन्टरनेट पनि दिने जनाएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सुबिसु केबल नेट प्रालिबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बिमा गराउने छोरीका अभिभावकले तीन महिनासम्म निःशुःल्क इन्टरनेट पाउने भएका हुन् ।

छोरीहरुको शिक्षा बिमा अभियानलाई सफल बनाउन सुबिसु केबल नेट प्रालिमार्फत् ती बालिकाका अभिभावकलाई तीन महिनासम्म १५ एमबीपीएस गतिको इन्टरनेट दिइने गरी प्रदेश सरकारले बुधबार सम्झौता गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सुविसुका आयोजना प्रमुख सुवास अधिकारीबीच यो सम्झौता भएको छ । छोरीको बिमा गराएकै मितिदेखि तिनका अभिभावकलाई तीन महिनासम्मका लागि इन्टरनेट सेवा उपलब्ध गराउने सहमति भएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment