+
+

बालुवाटारमा ओली, प्रचण्ड र देउवाको जमघट

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते ११:४४

३ माघ, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको जमघट भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु शुक्रबार बिहानै भेला भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी छन् ।

सभामुख चयनबारे बेग्लै छलफल

यसैवीच, कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डवीच सभामुख चयनका विषयमा बेग्लै छलफल हुँदैछ ।

ओली र प्रचण्डवीच विहीबार पनि बालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो । दुई नेतावीचको छलफल सकारात्मक भएको भनिए पनि यससम्बन्धी थप विवरण प्राप्त भएको छैन ।

नेकपा स्रोतका अनुसार ओली र प्रचण्डवीच सभामुखको नाममा टुंगो लागिसकेपछि सचिवालय बैठकले यसलाई अनुमोदन गर्नेछ । त्यसपछि माघ ६ को बैठक अघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर सभामुख निर्वाचनको मार्ग प्रशस्त गर्नेछिन् ।

यसैवीच नेपाली कांग्रेसले पनि सभामुखको निर्वाचनबारे छलफल गर्न शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?