+
+
Shares

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न राजपाको हृवीप

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते १७:३७

४ माघ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न हृवीप जारी गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार हृवीप जारी गरेका हुन् । राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग चुनावी तालमेल गरेको छ ।

राजपाले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसंख्यकमा शेखरकुमार सिंह तथा नेकपाले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ ।

प्रदेश २ मा राजपाका २५ जना प्रदेश सांसद र स्थानीय तहका ४४ गरी ६९ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?