Comments Add Comment

चीनमा कम जन्मदरको असर, काम गर्ने युवाभन्दा बृद्धबृद्धाको संंख्या धेरै

हाम्रा पूर्खाले भन्थे, ‘सन्तानले डाँडाकाडा ढाकुन् ।’ तर, पछि भने ‘सानो परिवार, सुखी परिवार’ भन्न थालियो । यससँगै ‘दुई सन्तान, ईश्वरको बरदान’ भन्ने नारालाई आत्मसात गर्दै दम्पतीले दुई सन्तानमा चित्त बुझाउन थाले । अहिले भने धेरैजसो दम्पती एउटा मात्र सन्तान हुर्काइरहेका छन् ।

यसरी जन्मदर घट्दै गएपछि त्यसले दीर्घकालिन असर के गर्छ ? हामीकहाँ लेखाजोखा भएको छैन । यद्यपि उत्तरी छिमेकी चीनमा भने यस्तै प्रवृत्तिले संकटको सूचना दिइसकेको छ ।

बिबिसीमा प्रकासित एक रिपोर्टमा भनिएको छ, ‘चीनमा पछिल्लो ७० बर्षमा पहिलो पटक सबैभन्दा कम जन्मदर दर्ता गरिएको छ । एक बच्चावाला विवादित नीतिलाई बदलेर पनि त्यहाँ जन्म दरमा सुधार भएको देखिएन ।’ उक्त रिपोर्टमा भनिएको छ, यसरी चीनमा जन्मदरमा सुधार नहुँदा त्यसको सोझो असर अर्थव्यवस्थामा पर्ने आशंका गर्न थालिएको छ ।

पछिल्लो केही बर्षदेखि चीनमा जन्मदरमा व्यापक कमी आइरहेको छ । यसले विश्वकै दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देशका लागि चुनौती खडा भएको छ ।

त्यसो त जन्मदर घटेसँगै चीनमा मृत्युदर पनि कम छ । यसको असर के भइरहेको छ भने चीनमा कामकाजी युवाको संख्या घट्ने र अवकासप्राप्त जीवन विताउनेहरुको संख्या बढ्नेछ ।

बिबिसीको रिपोर्ट अनुसार चीनको जन्मदर अमेरिकाको भन्दा पनि कम छ । ताजा आंकडा अनुसार अमेरिकामा सन् २०१७ मा प्रति एक हजार व्यक्तिमा जन्मदर १२ थियो । तर, चीनमा जन्मदर जापानको भन्दा बढी छ ।

किन यस्तो भयो ?

बिबिसीको रिपोर्टमा उल्लेख छ, ‘सन् १९९७ मा चीन सरकारले देशभरमा एक बच्चा नीति लागू गरेका थिए । यसबाट सरकारले देशको जनसंख्यामा लगाम लगाउन चाहन्थे ।’ जबकी उक्त नीति उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थियो । उल्लंघन गर्ने व्यक्तिबाट जरिवाना असुल्ने, जागिरबाट हटाउने जस्ता प्रावधान थियो । तर, यस नीतिलाई लिंग असन्तुलनको जिम्मेवार मानियो । सन् २०१९ को आंकडा अनुसार अहिले पनि पुरुषको संख्या त्यहाँ महिलाको भन्दा लगभग तीन करोड बढी छ ।

सन् २०१५ मा सरकारले एक बच्चाको नीति खारेज गरिदियो । र, दम्पतीलाई दुई वटा बच्चा जन्माउन सक्ने अनुमति दिइयो । यसको तुरुन्त दुई बर्षसम्म त जन्मदरमा सुधार देखियो । तर, त्यसपछि क्रमस जन्मदर घट्दै गयो ।

विशेषज्ञहरुका अनुसार उक्त नीतिमा छुट दिनका साथसाथै अर्को मूख्य परिवर्तन गरिएन । जस्तो कि बच्चाको हेरचाह गर्नका लागि आर्थिक साहयता गरिएन साथै पितालाई बच्चासँग देखभेट गर्नका लागि उनको कामबाट आवश्यक विदाको व्यवस्था गरिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment