+
+

आस्था भन्छिन्–‘म सिक्किममा छु, प्रहरीलाई सहयोग गर्न तयार छु’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १५:४७

गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमती पाइसकेको छ । विमानस्थलमा भएको महिला सुरक्षाकर्मी र आस्था राउतको विवादपछि उनले फेसबुक लाइभ मार्फत प्रहरी संगठनमाथि नै आक्रोश पोखेकी थिइन् ।

उनको आक्रोशमा प्रहरी संगठनमाथि गालीगलौज पनि गरिएको थियो । यसपछि, आस्थाले फेसबुकलाइभमार्फत माफी पनि मागिसकेकी छिन् ।

प्रहरीले आस्था राउतलाई पक्राउ गर्ने अनुमति पाएको तर उनी फरार रहेकाले खोजी जारी रहेको बताएको छ ।

गायिका आस्था राउत भने अहिले सिक्किममा छिन् ।

सिक्किमबाट अनलाइनखबरको सम्पर्कमा आएकी गायिकाले भनिन्–‘फरार रहेको भन्ने बिषयमा म केही भन्न सक्ने अवस्थामा छैन । किनकी, अहिले म सिक्किममा छु र अझै केही शो बाँकी भएकाले यसको तयारीमा छु । मलाई प्रहरीबाट यो बिषयमा कुनै पनि आधिकारिक जानकारी आएको छैन । मलाई प्रहरीले यस बिषयमा जानकारी गराएपछि म प्रहरीलाई सहयोग गर्न तयार छु । म अहिले यही शोको तयारीमा छु ।’

आस्थाले आफूमाथि दुर्व्यवहार भएको पनि बताएकी छिन् । उनले भनिन्–‘म माथि सुरक्षा जाँचका क्रममा दुर्व्यवहार भएको हो । तर, मैले आवेगमा आएर केही शब्दहरु गलत बोलेकी हुँ । यसका लागि म क्षमा माग्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?