Comments Add Comment

कसरी पढाउँदा बालबच्चाले सजिलै बुझ्छन् ?

अहिले पढ्नका लागि पाठ्युपस्तक एकमात्र स्रोत होइन । न विद्यालयबाट मात्र बालबच्चाले ज्ञान आर्जन गर्छन् । पढ्न, बुझ्न, जान्न र सिक्नका लागि अनेक स्रोत छन् ।

उनीहरु आफैपनि नयाँ नयाँ कुरा खोजिरहेका हुन्छन् । बच्चाहरु स्वभावैले जिज्ञासु हुन्छन्, जो नयाँ कुराबारे चासो राख्छन् । त्यसैले अभिभावकले जबरजस्ती बच्चालाई पढाउने, घोकाउने कामले राम्रो नतिजा दिदैन । त्यस्तो कर्मकाण्डी पढाई अब काम पनि लाग्दैन ।

बरु, बच्चाको स्वभाव, क्षमता, रुची अनुसार उनीहरुलाई सहि ढंगले पढाउने विधी खोज्नुपर्छ । बच्चाले के पढ्छ होइन, कसरी पढ्छ भन्ने कुरा जान्नुपर्छ । अतः त्यही अनुसार उनीहरुलाई उचित ढंगले पढाउनु पर्छ ।

सबै बच्चा एकनास हुँदैनन् । उनीहरुको बुझ्ने, सुन्ने क्षमता पनि भिन्न भिन्नै हुन्छ । एउटा बच्चाले जसरी बुझ्छ, अर्कोले त्यसरी नबुझ्न सक्छ । कुनैपनि कुरालाई उसले कसरी ग्रहण गर्छ भन्ने कुरा बुझेर पढाउँदा मात्र प्रभावकारी हुन्छ ।

यहाँ केहि विधी दिइएको छ, जसले बच्चाको सिकाइ प्रभावकारी तुल्याउँछ ।

दृश्यको मद्दतबाट

हाम्रो मस्तिष्कले सुनेको भन्दा देखेको कुरा राम्ररी ग्रहण गर्छ । अझ सुनेको र भनेको कुरा अर्थात श्रव्यदृश्य माध्यामबाट त थप प्रभावकारी ढंगले ग्रहण गर्छ । अतः सिकाइको लागि यो महत्वपूर्ण माध्याम पनि हो । श्रव्यदृश्य माध्यामबाट पढाएको कुरा बच्चाहरुले सजिलै बुझ्छन् । पुस्तक घोकाउनु भन्दा यो विधी धेरै प्रभावकारी र नतिजामुखी हुन्छ ।

त्यसबाहेक, विभिन्न किसिमका भिडियो हेरेर पनि बच्चाले धेरै कुरा सिक्न हुदाँ बजारमा पाइने विभिन्न किसिमका भिडियोको मद्दतले पनि बच्चालाई सजिलै विभिन्न किसिमका ज्ञान दिन सकिन्छ ।

रंगीविरंगी किताब

हाम्रो आँखाले रंगविरंगी कुरा रुचाउँछ । रंगको माध्यामबाट पनि कतिपय कुरा हामी मस्तिष्कमा भण्डारण गर्न सक्छौ । सम्झन सक्छौ । अतः बच्चाको पुस्तक पनि रंगबिरंगी भयो भने त्यसले उनीहरुको सिकाई प्रभावकारी हुन्छ । अक्षर भन्दा बढी फोटोबाट कुनैपनि कुरा सिक्न र बुझ्न सहज हुन्छ ।

बच्चालाई रंगीविरंगी फोटो सहितका किताब देखाएर पनि विभिन्न कुरा सिकाउन सकिन्छ । किनकी बच्चाहरुले त्यस्ता रंगीविरंगी चित्र चाडै याद गर्छन् र त्यस्ता कुरा सजिलै विर्सदैनन् । त्यसरी किताब देखाउदा बच्चाहरुले एक पटक पढेको कुरालाई सजिलै याद गर्न सक्छन् ।

प्रश्न सोध्ने , क्वीज खेल्ने

प्रश्नोत्तर अर्थात कुनै विषयमा प्रश्न गर्ने, उत्तर दिने शैलीले पनि बच्चाको सिकाई क्षमता बढाउँछ ।  बच्चालाई प्रश्न सोध्ने गरौ । उनीहरुले सोधेका प्रश्नको पनि जवाफ दिने वानी बसालौ । ख्याल ख्यालैमा गरिएको कतिपय कुरा उनीहरुलाई अझ बढी ध्यान रहने गर्छ ।

त्यस्तै, प्रश्न सोध्ने बानीले उनीहरुलाई उक्त प्रश्नबारे गहिरिएर सोच्न तथा त्यसको जवाफ थाहा पाउन मद्दत गर्छ । त्युस्तै, बच्चाले सुनेको कुरा अझ चाडै याद गर्ने हुदाँ उनीहरुको लागि यो उपाय निकै उपयोगी सावित हुनसक्छ ।

जर्बजस्ती नगर्ने

बच्चालाई कहिल्यै पनि जर्बजस्ती नगरौ । जर्बजस्ती गर्नाले बच्चा जिद्दी हुन्छन् । अटेरी गर्न थाल्छन् । यसको साटो बच्चालाई अन्य तरीकाबाट सम्झाउने प्रयोस गरौ ।

साथीहरुसित खेल्न दिने

बच्चाहरुको ध्यानै खेल्नमा बढी हुन्छ । उनीहरुको रुची पनि पढ्नमा भन्दा धेरै खेल्नतिर जान्छ । कयौ बच्चा काइनेटिक खालका हुन्छन् । जो एक ठाउँमा बसेर भन्दा खेलेर धेरै कुरा चाडै सिक्ने गर्छन् ।

त्यतिमात्र होइन,  कयौ बच्चाहरुले आफ्ना साथीभाईहरुबाट पनि धेरै कुरा सिकिरहेका हुन्छन् । उनीहरुले अतिरित्त ज्ञान हासिल गरिरहेका हुन्छन् । उनीहरुलाई विभिन्न कुराहरुबारे ज्ञान प्राप्त हुने गर्छ । यसरी पनि बच्चाले अप्रत्यक्ष रुपमा साथीभाईह?mबाट कयौ कुरा सिकिरहेका हुन्छन् ।

अनुशासनको कुरा

बच्चाहरुको लागि अनुशासन पनि निकै महत्वपूर्ण छ । कुनै पनि बच्चालाई अन्य कुराको ज्ञान दिन पूर्व अनुशासनबारे जानकारी दिन आवश्यक छ । अनुसासनबारे जाकारी दिदाँ सबैभन्दा पहिले आफूभन्दा ठूलासित कसरी बोल्ने, स्कुलमा साथीहरुसित कसरी कुरा गर्ने बारे पनि बताउन जरुरी छ ।

पढाउदाँ ब्रेक दिने

कयौ बच्चा एकनाशले पढ्न अल्छी गर्छन् । हरेक बच्चालाई पढाउदा थोरै समय ब्रेक दिने बानी बसालौ । लगातारको पढाईले बच्चाको दिमाग थाकन गर्छ, जसका करण बच्चाले राम्ररी पढ्न सक्दैन र पढेको कुरा सम्झन सक्दैन । पढाउँदा बच्चालाई हरेक २० -२० मिनेटको समयमा ब्रेक दिने गरौ ।

प्रोत्साहित गरौ

कयौ बच्चाहरुलाई प्रोत्साहनको अपेक्षा गर्छन्  ।बच्चालाई प्रोत्साहन गर्ने धेरै उपाय हुनसक्छ । उनीहरुले गरेको कामलाई प्रोत्साहित गर, स्यावासी दिर वा नयाँ नयाँ गिफ्ट दिएर पनि प्रोत्साहित गर्न सकिन्छ ।

रोचक तरीकाले पढाऔ

हरेक बच्चा फरक किसिमका हुन्छन् । उनीहरुलाई पढाउने तरीका पनि फरक हुन्छ । फ्लैक्स कार्ड, चित्र, चार्ट, साउन्ड तथा दृश्यको पनि प्रयोग गर्न सकिन्छ । यसले पढाईलाई रोचक बनाउनुका साथै पढाई प्रति बच्चाको मन रहिरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment