
६ माघ, काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अब पोखरामा पनि उडान बिस्तार गर्ने भएको छ । सोमबार कम्पनीले पोखरामा परिक्षण उडान गरेको छ । परीक्षण सफल भएको र केही दिनमै नियमित उडान थालिने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।
यो कम्पनीको ९ औं गन्तब्य हो । श्रीले सोमबारबाटै जनकपुरमा नियमित उडान थालेको छ । कम्पनीले यसअघि भद्रपुर, राजविराज, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी र माउन्टेन फ्लाइट उडान गरिरहेको छ । जनकपुर ८ औं र पोखरा ९औं गन्तब्य बन्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4