Comments Add Comment

प्रहरीको प्राविधिक एआईजी बढुवा सिफारिस आयोगद्वारा सदर

अदालत गुहार्ने तयारीमा डा. पाठक

६ माघ, काठमाडौं । नेपाल प्रहरीको प्राविधिक अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस लोक सेवा आयोगले सदर गरेको छ ।

उजुरी उपर छानबिन गरेपछि कार्यसम्पादन मूल्यांकन अंकको आधारमा बढुवा रितपूर्वक भएको निष्कर्ष आयोगले निकालेको हो ।

बढुवा सम्बन्धी उजुरी सुन्ने समितिसँग कार्यसम्पादन मूल्यांकनको नम्बर जोडघटाउ गर्ने बाहेक अन्य विषय हेरफेर गर्न सक्ने प्रावधान छैन ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले जुनियरलाई बढुवा गरेको भन्दै डीआईजी डा. मिनराज पाठकले शुक्रबार उजुरी दिएका थिए ।

यो पनि पढ्नुहोस प्रहरीको प्राविधिक एआईजी बढुवा सिफारिस विवादमा

राई नेतृत्वको समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा दोस्रो नम्बर वरियतामा रहेकी डा. आशा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सदस्य थिए । पाठकले आफूलाई अन्याय गरिएको बताउँदै आएका छन् ।

आयोगको यो निर्णयसँगै पाठकले अदालतमा उजुरी दिने तयारी गरेको उनी निकट एक अधिकृतले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment