+
+
Shares

कर्जा लगानी सुस्ताएपछि ‘अटो लोन’ खुकुलो बनाउँदै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १४:२६

७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधनमा गरिने कर्जा लगानी नीति केहि खुकुलो बनाउने तयारी गरेको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको कर्जा लगानी सुस्ताएपछि राष्ट्र बैंकले केहि खुकुलो बनाउने तयारी गरेको हो ।

हाल सवारी साधन किन्नका लागि ५० प्रतिशत बैंकले कर्जा दिन्छन् । अनुत्पादक क्षेत्रमा धेरै कर्जा गएको भन्दै केहि समय अघि राष्ट्र बैंकले ५० प्रतिशत डाउनपेमन्ट गर्नु पर्ने व्यवस्था गरेको थियो । तर पछिल्लो समय कर्जा घटेको र सवारी साधन कर्जा सुस्ताउदा भन्सार राजश्व समेत घटेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडा चिन्तित थिए ।

राष्ट्र बैंक श्रोतका अनुसार अर्थमन्त्री खतिवडाकै आग्रहमा राष्ट्र बैंकले केहि सहज पार्न लागेको हो । ‘५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने व्यवस्थाका कारण जुन अनुपातमा कर्जा जानु पर्ने हो त्यो नगएको पाइयो’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसमा अर्थमन्त्रीज्यूको पनि चासो छ, चाडै नयाँ निर्देशन जारी गरेर केहि सहज बनाउने तयारीमा राष्ट्र बैंक छ ।’

ऋण लिएर गाडी चढ्न नहुने अर्थमन्त्री नै बताउदै आएका थिए । तर कर्जा लगानी राम्रो नभएको र गाडी आयात पनि घटेका कारण राजश्व लक्ष्यमा धक्का लाग्ने भए पछि अर्थमन्त्रीले केहि खुकुलो बनाउने पक्षमा देखिएका हुन् ।

सोमबार अर्थमन्त्रालयमा भएको अर्थमन्त्री र बैंकर्सबीचको छलफलमा पनि यो विषयले प्रवेश पाएको थियो । सवारी साधन कर्जामा गरिएको कडाईले अटो लोन सुस्ताएको बैंकरहरुले बताएका थिए । अटो लोनका विषयमा अर्थमन्त्रीले के गर्नु पर्छ राष्ट्र बैंकले गर्छ भनेको बैठकमा सहभागी एक बैंकरले बताए ।

छलफलमा नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी समेत सहभागी थिए । उनले यस विषयमा राष्ट्र बैंक पनि जानकार रहेको प्रतिक्रिया दिएको ति बैंकरले बताए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहाल राष्ट्र बैंकले सवारी कर्जा केहि खुकुलो बनाउनेमा आफू आशावादी रहेको बताउछन् ।

केहिदिन अघि अनलाइनखबरसँगको कुराकानीमा दाहालले  अटाे लाेनमा भएकाे कडाइका कारण पनि कर्जा लगानी सुस्ताएकाे भन्दै चाडै राष्ट्र बैंकले केहि सहज बनाउनेमा आफु आशावादी रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?