Comments Add Comment

राष्ट्रियसभाको निर्वाचन : प्रदेश २ मा छ छुट्टै माहोल

नेकपा-राजपाका उम्मेदवार ।

७ माघ, जनकपुरधाम । प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनावी तालमेल गरेपछि पर्सि हुने राष्ट्रियसभा निर्वाचन औपचारिक मात्र मानिएको थियो ।

किनकी एउटा क्लस्टरमा एकजना मात्र निर्वाचित गर्नुपर्ने भएकाले प्रदेशसभा र स्थानीय तहमा जसको बहुमत छ, त्यही पार्टीले जित्ने निश्चित छ । प्रदेश २ बाहेक अन्यत्र नेकपाको बहुमत छ । प्रदेश २ मा नेकपाले राजपाको साथ पाएको छ ।

तर निर्वाचन नजिकिँदै जाँदा प्रदेश २ मा छुट्टै माहौल बनेको छ । यसका केही कारण छन् ।

एउटा, केहि समय पहिला आमने सामने रहेका दलहरु गठबन्धन बनाएर चुनावमा होमिनु । दोस्रो, ‘क्रस’ भोटिङ्गको सम्भावना । तेस्रो, दाजुभाइ एक आपसमा भिड्नु ।

एउटा समय थियो, नेकपा -तत्कालीन एमाले) अध्यक्ष केपी शर्मा ओली र राजपा नेता राजेन्द्र महतो आमनसेमने देखिन्थे । एकअर्काका चर्को आलोचक थिए । तर दुबै नेताकै अगुवाईमा राष्ट्रियसभा निर्वाचनमा चुनावी गठबन्धन बनेको छ । त्यसको काउन्टरमा समाजवादी पार्टीले पनि नेपाली कांग्रेससँग गठबन्धन गरेको छ ।

दुई विपरित ध्रुवमा उभिएका पार्टीहरुले गठबन्धन बनाएकाले प्रदेश २ को चुनाव रोचक बनेको छ ।

राष्ट्रियसभा सदस्यमा प्रदेश २ का चार सिट अल्पसंख्यक, खुल्ला, दलित र महिलामा निर्वाचन हुँदैछ । नेकपा-राजपा गठबन्धनबाट खुल्ला समूहमा मृगेन्द्र सिंह यादव, अल्पसंख्यक समूहमा शेखर सिंह, महिला समूहमा तुलसा दाहाल र दलित समूहमा राधेश्याम पासवान उम्मेदवार छन् ।

यस्तै कांग्रेस-समाजवादी गठबन्धनबाट खुल्लामा अनिरुद्व सिंह यादव, अल्पसंख्यामा भोला पंजियार, महिलामा नगीना यादव र दलितमा रामपि्रत पासवानले उम्मेदवारी दएका छन् । रामप्रित वर्तमान राष्ट्रियसभाका सदस्य समेत हुन् । समाजवादी पार्टीले उनलाई दोहोर्‍याउन खोजेको हो ।

उम्मेदवारी दर्ता भएकै समयदेखि राजपाका मतदाताहरुले क्रस भोटिङ्ग गर्न सक्ने चर्चा चलिरहेकेा छ । राजपा अध्यक्ष मण्डलले शनिबार स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई ह्वीप लगाएको छ र गठबन्धनबाहिर भोट नजान नेताहरुको दाबी गरेका छन् ।

के छ गणितिय अवस्था ?

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका कुल ३ सय ७९ मतदाता छन् । १ सय ७ जना प्रदेश सांसद र २ सय ७२ जना स्थानीय तहका प्रमुख र उप-प्रमुख छन् । प्रदेश सांसदको मतभार ४८ तोकिएको छ भने स्थानीय तहका प्रमुख, उप-प्रमुखको १८ । यो अवस्थालाई हेर्ने हो भने प्रदेशमा कुल मतभार १० हजार ३२ छ ।

कांग्रेस -समाजवादीका उम्मेदवार ।

प्रदेशमा सबैभन्दा ठूलो मतभार भएको पार्टी नेकपा हो । नेकपाको ३२ प्रदेश सांसद र ८३ स्थानीय तहका प्रमुख र उप प्रमुख छन् । कुल १ सय ३५ मतसहित नेकपाको मतभार ३ हजार ३० छ । प्रदेश सांसद ३० जना र स्थानीय तहका जनप्रतिनिधी ५२ गरी ८२ मत गरी समाजवादी पार्टीको मतभार २ हजार ३ सय ७६ छ ।

कांग्रेससँग १९ जना प्रदेश सांसद र स्थानीय तहका ८१ जनप्रतिनिधी गरी १ सय जना मतदाता छन् । जस अनुसार कांग्रेसको मतभार २ हजार ३ सय ७० हुन्छ । राजपाका २५ जना प्रदेश सांसद र ४४ जना स्थानीय तहका जनप्रतिनिधी गरी ६९ मतदाता छन्, जसको मतभार १ हजार ९ सय ९२ हुन आउँछ ।

यसबाहेक संघीय समाजवादी पार्टीको एक जना प्रदेश सांसद र नेपाली जनता दलको दुई जना स्थानीय तहका जनप्रतिनिधि छन् । तीनैको मतभारलाई हेर्दा ८४ हुन्छ ।

नेकपा-राजपाको स्पष्ट बहुमत

गठबन्धन बनाएर चुनाव लडेको नेकपा-राजपाको स्पष्ट बहुमत छ । नेकपाको ३ हजार ३० र राजपाको १ हजार ९ सय ९२ सहित ४ हजार ९ सय ८२ मतभार छ । एक मात्र प्रदेश सांसद रहेको नेपाल संघीय समाजवादीले पनि समर्थन गरेपछि मतभार ५ हजार ३० पुग्छ ।

जबकी अर्को गठबन्धनमा समाजवादीको कुल २ हजार ३ सय ७३ र कांग्रेसको २ हजार ३ सय ७० गरी ४ हजार ७ सय ४६ मतभार मात्रै पुग्छ । नेकपा-राजपा गठबन्धनभन्दा समाजवादी-कांग्रेस गठबन्धनलाई २ सय ८४ मतभार अपुग छ । यसका निम्ति समाजवादी-कांग्रेस गठबन्धनले या त कम्तीमा ६ जना प्रदेश सांसदलाई आफ्नोतिर तान्नुपर्छ या त स्थानीय तहका कम्तीमा १६ जना प्रमुख, उप-प्रमुखलाई । केहि प्रदेश सांसद र केहि स्थानीय तहका जनप्रतिनिधिलाई तान्न सकियो भने पनि कांग्रेस समाजवादी गठबन्धनका उम्मेदवार जित्न सक्छन् ।

चारै सिट जित्ने कांग्रेस-समाजवादीको दाबी

नेकपा-राजपाको स्पष्ट बहुमत छ । तथापि कांग्रेस-समाजवादीका नेताहरु चुनाव जित्ने दाबी गर्छन् । ‘हामी चार वटै सिट जित्छौं’ प्रदेशसभा २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भन्छन्, ‘हेर्दै जानुस्, हाम्रो गठबन्धन जित्छ ।’

तपाईँहरुको मत पुग्दैन, कसरी जित्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘राजनीतिमा २ र २ चार हुँदैन तीनै हुन्छ कि पाँचै हुन्छ । त्यसैले हामी जित्छौं ।’

नेकपा-राजपाको गठबन्धनबाट महिला समूहमा उम्मेदवारी दिएकी तुलसा दाहाल गैरमधेसी भएको नारा कांग्रेसले दिएको छ । यो राजपाका मतदाता तान्ने प्रयास हो ।

यसलाई राजपा नेताहरु पनि बुझेका छन् । त्यसैले शनिबार हृवीप लगाएको पार्टीले मंगलबारदेखि महोत्तरीको बर्दिवासमा आफ्ना सम्पूर्ण मतदातालाई भेला पारेको छ । प्रशिक्षक कार्यक्रम भनिएपनि मंगलबार र बुधबार सबैलाई एकै ठाउँमा राखेर बिहीबार जनकपुर ल्याउने योजना छ । आफ्ना मतदातालाई प्रशिक्षण दिनका लागि राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो पनि बर्दिवास आएका छन् ।

राजपा सांसद उपेन्द्र यादव भने मतदानबारे सिक्नका लागि आफूहरु भेला भएको बताउँछन् । ‘हाम्रो गठबन्धनलाई स्पष्ट बहुतमत छ भन्ने सबैलाई थाहा छ’ महतोले भन्छन्, यो कुरा बुझ्दा-बुझ्दै बहुमत नभएपनि चुनाव लड्ने व्यक्तिले प्रलोभन दिनेदेखि बिभिन्न प्रलोभन दिने ठूलो कुरा होइन । तर हाम्रो एक मतपनि तलमाथि हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment