Comments Add Comment

‘माग्ने बुढा’ लाई ट्राफिकको चिट, मिठो बोल्ने जवानलाई धन्यवाद !

८ माघ, काठमाडौं । हास्यकलाकार केदार घिमिरेउर्फ माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सिट बेल्ट नलगाइ कार चलाएको उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।

बुधबार बिहान ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बताए । उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् ।

‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है.. भनेर मिठोसँग भन्नुभयो,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । ’

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार दर्शाएका छन् ।

चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने उनले बताए । यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment