News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा मृत्यु भएका गणेश यादवको शव प्रहरीले आज साँझ सडकबाट उठाएको छ ।
- गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।
- अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भएपनि प्रदर्शन रोकिएको छैन ।
१४ साउन, सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।
आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ । केहीबेर अघिमात्रै उक्त शव उठाएर लगिएको हो ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अझै पनि प्रदर्शन रोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4