
चलचित्र ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले एक तेलुगु चलचित्रको रिमेकको निर्देशन गर्ने भएका छन् । उनले, चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको निर्देशन गर्न लागेका हुन् । यूवा फिल्मस्ले यो चलचित्रको नेपाली रिमेक निर्माण गर्ने अधिकार लिइसकेको छ ।
चलचित्रमा नायक आर्यन सिग्देलको मुख्य भूमिका रहने चर्चा चलेपनि आर्यन आफैले यसको खण्डन गरिसकेका छन् । निर्माणटिमले अडिसनको माध्यमबाट कलाकार चयन गर्ने बताएको छ । यो चलचित्र निर्माणमा जी २१ फिल्मस्ले पनि सहकार्य गर्ने भएको छ ।
नेपालमा विदेशी चलचित्रको राइट्स नै लिएर चलचित्र निर्माण भएको छैन । यसैले पनि बलिउडमा समेत ‘कविर सिंह’को नाममा बनिसकेको यो चलचित्रको नेपाली भर्सनको प्रतिक्षा दर्शकमा पनि बढेको छ ।
विशालले चलचित्र ‘सेल्फी किङ्ग’बाट राम्रै संभावना पनि देखाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4