Comments Add Comment

बच्चालाई आत्मियता चाहिन्छ सहानुभूति होइन

जब बच्चा कुनै कारणले दुःखी भएर, चिन्तित भए, क्रोधित भएर, हतोत्साही भएर घर र्फकन्छन्, तब आमाबुवाले उनलाई दुःखी वा चिन्तित नहुनका लागि सान्तवना दिन्छन् ।

‘धेरै रिसाउनु हुँदैन’, ‘हतोत्साही नबन’, ‘चिन्ता नगर’ भन्दै अभिभावकले बच्चालाई शान्त तुल्याउन खोज्छन् । यद्यपी यो समस्याको हल होइन । यस्तो वाक्य सुनेर बच्चाहरु स्वयम् लज्जित हुनपुग्छन् । यसले उनीहरुको भावनामा ठेस पुग्छ ।

उनीहरुलाई महसुष हुँदैन कि अभिभावकले उनलाई सम्झाइरहेका छन् । उनीहरु आफुलाई एक्लो अनुभूत गर्न थाल्छन् । आफ्नो कुरा पोख्न नपाएकोमा पीडावोध गर्छन् ।

बच्चाको मनोदसा किन बिगि्रएको छ, उनीहरु किन दुःखी छन् ? अभिभावकले सुन्नुपर्छ । उनीहरुलाई सोझै ‘तिमी दुःखी हुनु हुँदैन’ भनेर उपदेश दिनुभन्दा उनीहरु के कारणले दुःखी भएका हुन् थाहा पाउनुपर्छ । उनीहरुको भावनालाई सम्मान गर्नुपर्छ । बच्चालाई आत्मियता अनुभूत हुनुपर्छ ।

बच्चा के कारणले दुःखी भएका हुन् त्यसबारे अभिभावकले चासो राख्नुपर्छ । बच्चा किन क्रोधित छन्, किन हतोत्साही छन् अभिभावकले बुझ्ने कोशिस गर्नुपर्छ । अतः ‘म तिम्रो ठाउँमा भएको भए यस्तो गर्थें’, ‘म तिम्रो अवस्थालाई बुझ्न सक्छु’ भन्ने जस्ता कुराले उनीहरुलाई सहज बनाउँछ । अतः उनीहरु अभिभावकसँग नजिक भएको अनुभूत गर्छन् । उनीहरु अभिभावकसँग मिलेर आफ्नो समस्या हल गर्ने प्रयास गर्छन् । अतः बच्चामा सुरक्षाको भावना विकास हुन्छ । उनीहरु अभिभावकसँग तार्किक रुपले सोच्न सुरु गर्छन् ।

आदेश होइन मार्गदर्शन

बच्चासँग साथीको जस्तै सम्बन्ध बनाउनुपर्छ । दुबैले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ । अक्सर हामी बच्चालाई आदेश दिने गर्छौं । यो गर, त्यो नगर भन्छौं । यो खानु, त्यो नखानु भन्छौं । यसरी आदेश दिनुभन्दा उनीहरुले कसरी गरिरहेका छन्, कसरी खाइरहेका छन् त्यसलाई हेरेर उपयुक्त मार्गदर्शन दिनुपर्छ । तपाईंले बच्चालाई केही कुरा कसरी गर्ने भनेर सिकाउन सक्नुहुन्छ । यद्यपि तपाईं आफै उनीमाथि हावी हुन सक्नुहुन्न । तपाईंले बच्चाले गरिरहेको काममा आफ्नो सुझाव दिन सक्नुहुन्छ । यद्यपि निर्णय दिन सक्नुहुन्न । अन्तिम निर्णय बच्चालाई छाडिदिनुहोस् ।

सकारात्मक वातावरण

बच्चालाई सकारात्मक वातावरण दिनुहोस् । उनीहरुलाई यो कुरा पनि महसुष गराउनुहोस् कि जीवनमा सबैकुरा संभव छ र जे पनि गर्न सकिन्छ । बच्चाको अगाडि संभावनाको ठूलो संसार छ । उनीहरुलाई नकारात्मक हुनबाट चाहि बचाउनुहोस् । सकारात्मक वातावरणमा हुर्कने अनुकुलता दिलाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment