Comments Add Comment

खुल्यो ब्रिजस्टोन टायरको अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा केन्द्र

१५ माघ, काठमाडौं । जापानी रबर कम्पनीद्वारा उत्पादित बि्रजस्टोन टायरको अधिकृत वितरक एटीसी प्रालिले ज्ञानेश्वरमा बि्रजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ ।

एकै छानामुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परीक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिˆट, व्हील सन्तुलन, नाइट्रोजन हावाभर्ने, टायर परिवर्तन, फिटिङ तथा रोटेसन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन् ।

केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन , एसीमा ग्यास भर्ने सेवाहरु पनि दिनेछ । कम्पनिले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका विक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने छ ।

एटिसि प्रालि वि.सं. २०१६ देखि नै बि्रजस्टोन टायरको नेपालको लागि आधिकारीक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिँदै आएको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment