Comments Add Comment

बच्चाको लालनपालनमा यस्ता गल्ति गर्छन् आमाबुवाले

आफ्ना बच्चाको लालनपालनको क्रममा यी गल्ती गर्नुहुन्छ ?

जस्तो- बच्चालाई खाना दिने सही समय कुन हो ?

यदि बालबालिकाले घरको कुनै काम गर्छन् भने हरेक पटक हामीले उनीहरुलाई चक्लेट दिइरहनु पर्छ ?

के म बच्चालाई यो खुवाउन लागेकी थिएँ ?

यदि तपाईंलाई पनि यी प्रश्नहरुसंग सम्बन्धित कुनै शंकाहरु छन् भने तपाईं एक्लो अभिभावक होइन जसको मनमा यस्ता जिज्ञासाहरु आउँछन् । यसको सूची अझै धेरै लामो हुन सक्छ । यसका साथै आमा-बुबाको मनमा बच्चाको लालनपालनलाई लिएर विभिन्न प्रकारका जिज्ञासाहरु उत्पन्न हुन सक्छन् । पहिलो पटक आमा-बुवा बनेका अभिभावकहरुको मनमा त विभिन्न नकारात्मक भावना समेत पैदा हुनसक्छ ।

यदि तपाईं दोस्रो पटक पनि आमा-बुबा बन्नु भएको छ भने तपाईंले दोस्रो बच्चाको लालन-पालन पनि सही रुपमा नै गर्नु हुन्छ भन्ने कुराको कुनै ग्यारेन्टि हुँदैन । लालनपालनको क्रममा तपाईंबाट हुने गल्तिहरुले तपाईंलाई कहिलेकाहिं आश्चर्य पनि लाग्न सक्छ, कतै तपाईं नै पहिलो तथा एक्लो त्यस्तो अभिभावक त होेइन, जसलाई बच्चाको लालनपालनका बारेमा रत्तिभर ज्ञान छैन ।

अपेक्षाहरु र वास्तविकता

स्वयंलाई त्यस्तो स्थितिसंग सम्बन्धित भएको पाउनु हुन्छ भने अभिभावकत्वसंग सम्बन्धित गडबडिहरुबाट बच्ने कुनै बाटो छैन भन्ने कुरा तपाईंले बुझ्नु अवाश्यक छ ।

बच्चा जन्मसंगै कुनै त्यस्तो निर्देशन पुस्तिका आउँदैन र कुनै पनि अभिभावकहरुले यस्तो मूर्खतापूर्ण गल्तिहरु गर्न सक्छन् ।

हालसालै गरिएको एउटा सर्वेक्षण अनुसार आमाबुबाले एक वर्षमा करिव २ सय २१ गल्तिहरु गर्छन् । बच्चालाई हुर्काउने क्रममा अभिभावकले विभिन्न गल्तिहरु गर्छन् । अर्को एउटा तथ्यांक अनुसार जबसम्म तपाईंको बालबालिकाहरु एउटा पूर्ण परिपक्व वयस्क हुँदैनन्, तबसम्म एउटा सामान्य आमाबुबा करिव ३ हजार ९ सय ७८ गल्ति गर्छन् ।

भविष्यमा पुनः त्यहि गल्ति गर्नु अगाडि यी तथ्यांकहरुको बारेमा एक पटक अवश्य सोच्नुहोस् ।

सर्वेक्षण

२३ देखि ३६ उमेरका अमेरिकी आमा-बुवामा अभिभावकत्वका कारकहरुलाई सर्वेक्षण गरिएको थियो, जसमा उनीहरुको ज्ञानको मुल्याकंन गरिएको थियो ।

सबैभन्दा  सामान्य गल्तिहरुमा टेलिभिजन अथवा मोबाइलमा धेरै समय बिताउनु, बच्चाहरुको अगाडि अपशब्दको प्रयोग गर्नु अथवा आफुसंग उपलब्ध सामाग्रीहरु समय-समय नियमित नगर्नु समावेश थियो ।

उक्त सर्वेक्षणमा दुई वर्षको उमेर लामो र डरलाग्दो हुन्छ भन्ने पत्ता लागेको छ । अधिकांश आमाबुबाका अनुसार बच्चालाई सम्हाल्न त्यो समयमा झन् कठिन हुन्छ, जब उनीहरुको उमेर ६ देखि ७ वर्षको हुन्छ । विभिन्न मानिसहरुका अनुसार ६ देखि ७ वर्षको उमेरका बच्चाहरुका व्यवहार अति नै चिन्ताजनक हुन्छ । वास्तवमा केही आमाबुबाहरु धेरै कुराहरुको बलिदान गर्न तयार पनि थिए, जसले उनीहरुको बच्चाहरुमा राम्रो व्यवहार र दयालु बनुुन्र ।

सल्लाह लिनका लागि कहाँ जाने ?

जब गल्तिहरुलाई सुधार्ने सल्लाह लिने कुरा आउँछ, तब आमाबुबाद्वारा अपनाउने तरीकाहरुमा पनि धेरै अन्तर देख्न पाईन्छ ।

जसमा ४२ प्रतिशतले आमाबुबाले आफ्ना साथीहरुलाई यो कुरा बताउन सजिलो हुने बताए भने ४१ प्रतिशतले आफ्ना आमाबुबासंग सोध्ने गरेको बताए । ३१ प्रतिशतले भने आफ्नै उमेरका आमाबुबामा निर्भर भएको बताए । तर आश्चर्यनजक रुपमा उनीहरु सबैले समय-समयमा इन्टरनेटले नै उनीहरुलाई उपयोगी अभिभावकत्व सिकाउन सहयोगी भएको बताए ।

पहिलो पटक आमाबुुबा बन्नेहरुका लागि कठिनाई

पहिलो पटक आमाबुबा बन्ने अभिभावकहरु आफुबाट धेरै गल्तिहरु हुने गरेको कुरा स्वीकार गर्छन् । किनभने उनीहरुसंग अनुभवको कमी भएका कारण यस्ता गल्तिहरु हुन्छन् । केवल २ प्रतिशत अभिभावकहरुले नै आफुहरु बच्चालाई सम्हाल्नका लागि पूर्ण रुपमा प्रशिक्षित  र तयार भएको मान्छन् भने अधिकांश अभिभावकहरु प्रशिक्षण, किताब, गाइड र तयारीहरु हँुदा-हुँदै पनि उनीहरु बच्चालाई सम्हाल्नको लागि तयार नभएको कुरा बताउँछन् ।

आमाहरुले यसका लागि आफुलाई लज्जास्पद सम्झनु आवश्यक छैन भन्ने महत्वपूर्ण कुरा पनि यो अध्ययनले प्रकाश पारेको छ । बच्चा हुर्काउने कुरामा बुबाको तुलनामा आमा स्वयंलाई धेरै दोषी र जिम्मवार ठान्छन् र उनीहरु आफलाई मानिसहरुले गलत सम्झन्छन् भन्ने सोच्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment