+
+

कोरोनाबारे अफवाह फैलाउने गतिविधिविरूद्ध फेसबुक

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७६ माघ १८ गते १८:२५

चीनबाट सुरु भई विश्व स्वास्थ्य संकटकालका रुपमा फैलिएको कोराना भाइरसका बारेमा अहिले सोसल मिडियाहरुमा विभिन्न खाले त्रासदीपूर्ण खबरहरु तथा अफवाहहरु पनि फैलिन थालेका छन् । अफवाह फैलाउनका लागि पौने दुई अर्ब प्रयोगकर्ता रहेको फेसबुक सबैभन्दा सजिलो माध्यम बनिरहेको छ ।

कोरोना भाइरसको बारेमा अफवाह तथा गलत जानकारी फैलाउने गतिविधिलाई रोक्नका लागि फेसबुकले कदम चाल्ने भएको छ ।

कोरोना भाइरसका बारेमा गलत जानकारी तथा हानिकारक सामाग्रीहरु फैलिने क्रमलाई रोक्ने दिशामा काम अघि बढाइएको भन्दै मानिसहरुलाई यो रोगका बारेमा सही सूचना तथा जानकारीहरु प्रदान गर्ने कार्यमा केन्दि्रत भएको फेसबुकले जनाएको छ ।

फेसबुकको स्वास्थ्य विभागका प्रमुख कांग जिंग जिनले एक फेसबुक पोष्ट गर्दै फेसबुकसँग सहकार्य गरिरहेका तेश्रो पक्षका तथ्य परीक्षकहरुले फेसबुकमा रहेको सामाग्रीहरुको समीक्षा गरिरहेका र कोरोना भाइरसका बारेमा शेयर गरिएका गलत दाबी तथा जानकारीहरु सोसल मिडिया साइटबाट हटाउने काम गरिरहेका उल्लेख गरेका छन् ।

साथै फेसबुकले स्वास्थ्य सम्बन्धी विश्वस्तरीय संस्थाहरु तथा राष्ट्रिय निकायहरुले गलत सामाग्रीको रुपमा वर्गीकरण गरेका कोरोना भाइरस बारेका गलत दाबी तथा षडयन्त्र सिद्धान्त सम्बन्धी सामाग्रीहरु समेत सोसल साइटबाट हटाउन थालेको छ ।

यस्ता सामाग्रीहरुले कोरोना भाइरसको महामारीको उपचारका साथै रोकथामका लागि अपनाउनुपर्ने सचेततालाई समेत निरुत्साहित गर्ने गरेको ठहर फेसबुकको छ । गतल सामाग्रीहरु हटाउन तथा प्रयोगकर्तालाई कोरोना भाइरसको बारेमा सजिलोसँग जानकारीहरु उपलब्ध गराउनका लागि फेसबुकले स्वास्थ्य संवद्ध संस्थाहरुसँग सहकार्य गरिरहेको जनाएको छ ।

 

v

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?