+
+

पेट बाउडिन्छ ? आन्द्राको समस्या हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १२:५५

पेटमा ग्यास भरिने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्यालाई हामी सामान्य ठान्छौ । कतिपय अवस्थामा यी सामान्य पनि हुन् । खानपान र दिनचर्या नमिल्दा यस्ता समस्या उत्पनन हुनसक्छ । तर, सधै यहि अवस्था रहिरहेमा ?

यो अवस्था निरन्तर रहेमा सर्तक हुनैपर्छ । किनभने यसले के संकेत गर्छ भने, ठूलो आन्द्रामा कुनै न कुनै समस्या छ ।

सामान्यतः  इरिटेबल बाउल सिन्ड्रोमलाई (आईबीएस) ठूलो आन्द्रा सम्बन्धी एउटा समस्या हो । यो समस्या भएमा ठूलो आन्द्राले राम्ररी काम गर्न सक्दैन । जसका कारण पेट दुख्ने, पेट फुल्ने, बेचैनी हुने, पेटमा ग्यास भरिने तथा पखाला लाग्ने तथा कब्जियत हुन लगायतका समस्या उत्पन्न हुने गर्छ ।

चिकित्सकिय भाषामा इरिटेबल बाउल सिन्ड्रोमलाई स्पैस्टिक कोलन, इरिटेबल कोलन तथा म्युकस कोइलटिस पनि भन्ने गरिन्छ । आइबीएसले आन्द्रालाई खराब गर्दैन । तर आन्द्रा खराब भएको संकेत गर्छ ।

यो समस्या आन्द्राको गम्भीर समस्या भएकोले लामो समयसम्म उपचार गर्नु पर्ने हुन्छ ।

 लक्षण

आईबीएस भएमा पेट बाउडिने

भोक नलाग्ने

कब्जियत

पखाला लाग्ने

पेटमा ग्यास भरिने गर्छ ।

अमिलो पानी आउने, तल्लो पेट दुख्ने, पेटमा आउ पर्ने लगायतको लक्षण देखा पर्ने गर्छ

दूध, अण्डा, काउली, सिमी लगायतका निश्चित खानपानका कारण पनि आन्द्रामा समस्या हुने गर्छ ।

यसकारण हुन्छ

आइबीएसको निश्चित कारण अझै थाहा हुन सकेको छैन । यद्यपि, आन्द्राको मांसपेशीले राम्ररी काम नगर्दा यस्तो समस्या निम्तने गर्छ । आन्द्राको असाधारण खुम्चने प्रक्रियाकै कारण आन्द्राले राम्ररी काम गर्न सक्दैन र पेट दुख्न थाल्छ ।

कयौ मानिसलाई तनावका कारण यस्तो समस्या हुने गर्छ । तनाव भएमा एड्रिनल ग्रन्थीबाट एड्रिनल तथा कार्टिसाल नामको हर्मोनको श्राव हुन्छ । तनावकै कारण पाचन यन्त्रमा जलन हुनथाल्छ  जसले गर्दा पाचन नलीमा सुजन हुन्छ, जसका कारण शरीरले पोषण तत्व पाउदैन ।

आइबीएसको समस्या पुरुषकेा तुलनामा महिलाहरुलाई दोब्बर हुने गर्छ । महिलाहरुमा हर्मोनको गडबडी पनि आईबीएस् (इरिटेबल बाउल सिन्ड्रोम)को कारण हुनसक्छ । कयौ महिलामा महिनावारीको समयम यो समस्या धेरै हुने गर्छ ।

संवेदनशील आन्द्रा वा कमजोर रोग प्रतिरोधक क्षमताका कारण पनि यस्ता समस्या पैदा हुन सक्छ ।

त्यस्तै, पेटमा व्याक्टेरियाको संक्रमणका कारण पनि यस्तो समस्या हुन सक्छ ।

कसरी थाहा पाउने ?

इरिटेबल बाउल सिन्ड्रोम पेटसित सम्बन्धित समस्या भएकोले यसबारे जान्न निकै जरुरी छ । किनकी शरीरमा देखा पर्ने कयौ रोगको पनि यस्तै लक्षण हुने गर्छ ।

विशेषगरी दिशामा रगत देखिएमा, तौल अचानक कम भएमा, खान मन नलागे, तथा  विरामीलाई कैसर देखा परेको छ भने यसको उचित जाच गर्नु उपर्युक्त हुन्छ ।

उपचार विधि

इरिटेबल बाउल सिन्ड्रोमको उपचार सरल छ । तर उपचारद्धारा यो रोग तथा  यसका कारण हुने रोगको उपचार हुन भने पक्कै समय लाग्छ ।

यो रोग लागेमा सन्तुलित तथा पौष्टिक आहार खान तथा नियमित रुपमा खान चिकित्सकहरु सल्लाह दिने गर्छन् ।

यस्तो समस्या भएमा न त एकैपटक धेरै खानु हुन्छ, न त कम । ज्यादा समय भोकै बस्नुले पनि समस्या निम्त्याउन सक्छ ।

त्यस्तै यस्तो समस्या भएमा जंकफुडबाट टाढै बस्नुपर्छ ।  फाइबरयुक्त आहारको सेवन उचित मानिन्छ ।

यही रोगकै कारण विरामीलाई ज्वरो आउने तथा पखालाका कारण शरीरमा पानीको कमी हुनाले निकै समस्या हुने गर्छ । त्यसको रोकथामको लागि सबैभन्दा पहिले विरामीलाई औषधी दिइने गरिन्छ र त्यसको असर हेर्नका लागि तुरुन्तै फेरी बोलाउने गरिन्छ ।

इरिटेबल बाउल सिन्ड्रोममा विरामीलाई तनाव समेत हुन सक्छ, जसका कारण यो समस्या गम्भीर बन्न सक्छ । त्यसैले , इरिटेबल बाउल सिन्ड्रोम भएमा तनावबाट राहत पाउन निकै जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?