Comments Add Comment

नेकपामा समूह १ को सुझाव : पार्टीभित्र ठूलो खाल्डो छ !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का श्रद्धेय अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूह नम्बर १ का २९ जना मध्ये २६ जना सदस्यहरुद्वारा दफावार छलफल गरी सुझाव प्रस्तुत गर्दछौं ।

स्थायी कमिटीका सदस्य क. अष्टलक्ष्मी शाक्य, किरण गुरुङ र गणेश शाहाको उपस्थितिमा समूहको निर्णय अनुसार कमरेड आनन्दप्रसाद पोखरेल र क. उर्मिला अर्याललाई प्रस्तोताको रुपमा चयन गरी क. ओम शर्मा, आशा कोइराला र अइन्द्र सुन्दर नेम्वाङ्ग समेत तीन सदस्य बहस नोट कमिटी निर्माण गरीएको थियो ।

राजनीतिक प्रतिवेदन :

  • अध्यक्षद्वय द्वारा प्रस्तुत ३५ पेजको राजनीतिक प्रतिवेदनको ६ वटा विभिन्न उपशीर्षकमा प्रस्तुत गरिएको राजनीतिक दस्तावेजले अहिलेको परिवर्तित परिस्थितिको विश्लेषणमा आधारित भएर हाम्रा दृष्टिकोणहरू र केही नीतिगत विषयहरू उजागर भएका छन् । प्रतिवेदन पार्टी एकताको दौरानमा ३ जेठ २०७५ मा आयोजित प्रथम बैठकसँग जोडिएर प्रकाशित राजनीतिक प्रतिवेदनदेखि यता विकसित भएका नयाँ घटनाक्रम र त्यसमा आधारित दृष्टिकोणहरू समेटिएका छन् ।
  • प्रतिवेदन माथि दफाबार छलफलमा भागलिने सबै कमरेडहरुले अध्यक्षद्वयले प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टीको सिद्धान्त, विचार, राजनीतिक कार्यनीति, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितीको विश्लेषण, पार्टी एकताका अवसर र चुनौती, भावी कार्यदिशा र आगामी दिनमा पार्टीको कार्यक्रमको रुपरेखा, मुलभूत रुपमा सहि रहेको र राजनीतिक प्रतिवेदनको स्प्रिड सकारात्मक रहेको समूहले निश्कर्ष निकालेको छ ।
  • पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, संगठित सदस्यको नविकरण र व्यवस्थापनमा भएको कमी जस्ता कुराले पार्टी संगठन कमजोर भएको महसुस गरी विगतका कमीहरुप्रति आत्मआलोचित हुँदै त्यसबाट शिक्षा लिने, आउँदा दिनमा यस्ता गल्ती नदोहरिने प्रतिवद्धता व्यक्त हुनाले सिंङ्गो केन्द्रीय कमिटी र पार्टी कार्यकर्तामा नयाँ रक्त सञ्चार गरेको छ ।

अन्तर्राष्ट्रिय परिस्थिति :

  • अन्तर्राष्ट्रिय परिस्थितिमा अनेकौं फेरबदल, शक्तिको होडबाजी, प्रतिस्पर्धा, द्वन्द्व र समिकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । आर्थिक प्रतिस्पर्धा, परमाणाविक अस्त्रको विस्तार, पश्चिमा सैनिक गठबन्धनलाई शक्तीशाली बनाउने जस्ता कुरा स्पष्ट रुपमा प्रतिवेदनमा समेटी साम्राज्यवादी चरित्रको सही विश्लेषण भएको छ ।
  • अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण हामी आफ्नो भूमिकामा भएको परिवर्तन नदेखी सत्ताका लागि विद्रोह गरिरहंदा जुन ढंगले उल्लेख गर्ने गथ्र्यौ पार्टी सत्तामा हुँदा पनि त्यही लिगेसीले नेतृत्वलाई पक्षाएको जस्तो देखिन्छ । पार्टी सत्तामा हुँदा विचारधाराको सम्वन्धभन्दा पनि राजनीतिक, कुटनीतिक र राजकीय सम्वन्ध हुन्छ भनेर ख्याल पुर्‍याइ मुलक सर्वागिंण विकासलाई ध्यान दिनुपर्दछ । तर अन्तर्राष्ट्रि परिस्थितिको विश्लेषणले यो बाटो समातेको छैन । साथै हाल नेपाल अध्यक्ष रहेको सार्कको बारेमा कुनै धारणा आएको छैन ।
  • पश्चिम एसियाका इरान, इराक लगायतका खाडी मुलुकमा अमेरिकाको नेतृत्वमा भएको सैनिक हस्तक्षेपले खाडी राष्ट्रहरु युद्ध ग्रस्त र आक्रान्त छन् । रोजगारीका लागि खाडी मुलुक गएका करिब १२ लाख नेपालीहरुको उद्धार तथा सुरक्षका लागि सरकारको ध्यानाकर्षण गर्नु पर्दछ ।
  • असंलग्न पञ्चशिलको सिद्धान्त अवलम्बन गर्ने नेपालले अहिलेको परिस्थितिमा अरुको भन्दा आफ्नो राष्ट्रियहित, स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अदण्डता, सार्वभौमशत्ता, आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जोडदिंदै कुनै पनि वाह्य सैन्य गठबन्धनको र सैन्य रणनीतिको पक्षमा नहुने प्रतिवद्धता व्यक्त हुनु अत्यन्त राम्रो छ ।

राष्ट्रिय परिस्थिति :

  • नेपाली मौलिकतामा जनक्रान्ती सम्पन्न गरी चुनौतिपूर्ण परिस्थितिमा निर्वाचन मार्फत सत्ताशिन भएको हाम्रो पार्टीले आफ्नो मौलिक सिद्धान्त निर्माण गरी नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नु पर्ने र उपलब्धीको रक्षा गर्दै जनताका आवश्यकता र मागलाई सम्बोधन गर्न सक्नु पर्दछ । त्यसलाई पार्टीले सैद्धान्तिकरण गर्दै जानुपर्छ ।
  • अहिले हामी व्यवस्था परिवर्तनको संक्रमणकाल पार गरी जनक्रान्तीलाई संविधान मार्फत संस्थागत गरी सरकार सञ्चालन गरिरहेका छौ । आर्थिक सामाजिक विकास र रूपान्तरणको नयाँ संक्रमणकालमा प्रवेश गरेका छौं ।
  • आत्मनिर्भर अर्थतन्त्रको विकास आजको आवश्यकता हो । यस्तो अवस्थामा प्रकृतिक तथा मानव संसोधनको अधिकतम उपयोग गरी उत्पादन वृद्धि राष्ट्रिय पुँजीको विकास समानुपातीक समन्यायिक वितरण गरी सामाजिक न्याय स्थापना गर्नु हो । त्यसको लागि नेपालले विश्व शान्तिको आवाज बुलन्द गर्दै अन्तराष्ट्रिय मञ्चमा नेपालको विशेष पहिचान बनाउनु पर्छ ।
  • पार्टी र सरकारको राष्ट्र राष्ट्रियताको अडान ठिक छ । तर भारतले ६३ स्थान नेपाली सीमा मिचेको छ । कालापानी लिपुलेख, लिम्पिवाधुरा लगाएत सबै सिमाना एकिन गरी नेपालले आफ्नो राजनीतिक र भौगोलिक नक्सा प्रकाशन गर्नु पर्दछ । त्यस क्षेत्रमा सरकारको उपस्थितिलाई सुदृढ गर्दै विकास बजेट र कार्यक्रमको थालनी गरिनु पर्दछ । सुरक्षाको विस्लेषण गर्दै कतिपय संवेदनशिल नाकाहरुमा तारबार लगाउनु पर्छ ।
  • हाल भारतमा लागु भएको NRC (नन रेजिजन सिटिजनको) नीतिले गर्दा त्यसबाट प्रभावित जनता नेपाल पस्ने खतरालाई दृष्टिगत गर्दै विशेष सुरक्षा व्यवस्था गर्ने ।

पार्टी एकता :

  • पार्टी एकता प्रकृयालाई पूर्णता दिन भएको ढिलाई पार्टीको आधिकारी र व्यवस्थित प्रकाशन, प्रशिक्षण जस्ता कुराको ढिलाईले पार्टी कमजोर भएको अप्ठेरो अहिले भोगिरहेका छौं । यसलाई समुचित ढंगले सम्बोधन गरिनु पर्दछ ।
  • “पार्टीभित्र घात अन्तरघात र अराजकताको प्रवृतीहरु कायम छन् । पार्टी अनुशासनको स्तर दयनिय अवस्थाको छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा” छ यस्तो देखे पछि नेतृत्वले त्यसलाई सच्याउन पार्टीलाई बिधि, प्रक्रिया, राजनीतिक अनुशासनमा चलाउन निर्ममता साथ पहल गरिनु पर्दछ ।
  • पार्टी एकता सुदृढ गर्ने शीर्षकको (ग)मा पार्टी इतिहासमा मदन भण्डारी र जबसको योगदान भनेर के भन्न खोजेको ? सार भावमा जनताको बहुदलीय जनवादको योगदानका भनेको हुन सक्छ । यसलाई यही अनुसार सच्याउनुपर्ने ।
  • पार्टी एकताको पृष्ठभूमि मार्गदर्शक सिद्धान्तलाई पार्टीव्यापी बनाई अनुशासित स्कूलिंगको व्यवस्था गर्नुपर्दछ ।
  • नेपाल कम्युनिष्ट पार्टीलाई समाजको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको क्षेत्रमा भूमिका खेल्न पार्टी हो तर आम देशभक्त, श्रमजिवी र किसानहरुले हाम्रो भनाइ र गराइमा देखिएको भिन्नता, जीवनशैली र कार्यशैलीमा देखिएको गैर कम्युनिष्ट चरित्रप्रति टिपणी गरेका छन् । कुशासन र भष्ट्रचारले आर्थिक क्षेत्र आक्रान्त भएको आम गुनासो छ । कतिपय निर्वाचित जनप्रतिनिधीहरु भ्रष्टाचारमा फसेको समाचार बाहिर आउनु, दलाल पुँजीपतिको पहँुचमा नेतृत्व फसेको जस्तो देखिनुले नेतृत्वप्रति विश्वस घट्न सक्ने खतरा दस्तावेजमा व्यक्त गरेको छ । तर, पुनः यस्ता कृयाकलाप नेतृत्व पंक्तिमा देखिनु राम्रो कुरा होइन । कार्यकर्ताको आचरण र जीवन शैलीमा देखिएको भिन्नता, पार्टीभित्र निर्वाचित र अनिर्वाचित पार्टी कार्यकर्ता बीचमा ठूलो खाडल छ अहिले पार्टीमा काम गर्न र वडाध्यक्ष भए पनि निर्वाचित पद खोज्ने खतरा देखिएको छ । यो खाडललाई तत्कालै समाप्त गरिनु पर्दछ ।
  • पार्टीलाई विधि अनुशासनमा चलाउने प्रतिवद्धता हुनु राम्रो कुरा हो । तर, केन्द्रीय नेतृत्वबाट नै पार्टी अनुशासन र पार्टी पद्धती विपरीत लेख्ने बोल्ने र बैठक गराउने काम भएको छ । यो कार्यलाई तत्कालै बन्द गराउने र यस्ता क्रियाकलापलाई पार्टीले कारवाहीको दायरामा ल्याउनुपर्छ ।
  • राजनीतिक प्रतिवेदनमा उल्लेखित गुट–उपगुटको संस्कृतिले मातहत कमिटीमा एकीकरणको पुरा गर्न कतिपय जिल्लामा समस्या भएको छ । माथिदेखि यसको निराकरण गर्न सम्बन्धित पक्षले आत्म संयमता अपनाउनुपर्दछ ।
  • पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याका बारेमा आठबुँदामा जुन ढंगले व्याख्या गरिएको छ, समस्या पहिचान गरेको छ । ती विषयलाई पुनः उठ्न नसक्ने गरी विधिसंवत अन्त्य गरी पार्टीमा विधिको शासन, सधार र पार्टीको राजनीतिक अनुशासन कायम गर्दा पार्टी सफल हुुनेछ ।

सरकारका कामको समीक्षा :

  • राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको जटिलता कम्युनिष्ट पार्टीले लोकपृय मतद्वारा दुईतिहाई नजिकको परिणाम प्राप्त गरी संविधान कार्यान्वयन, विकास निर्माण, सामाजिक न्याय, आर्थिक वृद्धि र वैदेशिक सम्बन्धमा उल्लेख्य सफलता प्राप्त गरेको विषयलार्य उजगार गरी सरकारको उपलब्धीको प्रतिवेदनले रक्षा गरेको छ । यी उपलब्धीलाई अन्तर्राष्ट्रिय संघसंस्थाले प्रस्तुत गरेको सूचाङ्कमा प्राप्त सकारात्मक उपलब्धीलाई प्रतिवेदनमा समावेश गर्न र समाजवादी अधारहरुको मापन र यहाँ पुग्ने बाटोको बारेमा स्पष्ट मार्गदर्शन गर्नुपर्ने ।
  • सरकारको “समृद्ध नेपाल र सुखी नेपाली” नारा र अभियान परम्परागत ढंगको प्रचार गर्ने र नेतृत्वको भाषणको विषय मात्र बन्नुहुँदैन । यो सरकारको, पार्टी र जनताको आफ्नो एजेण्डा वा नारा हुनुपर्छ । यो आभियान पुरा गर्ने ठोस कार्यक्रम, यसका लागि आवश्यक ऐन, कार्यबिधि र योजनामा संशोधन गरी चुस्त पारदर्शी प्रशासन, आवश्यकता अनुसारको लगानी जरुरी छ । अनि मात्र समृद्ध नेपल र सुखी नेपालीको बनाउने लक्ष्य पुरा हुन्छ । होइन भने यो बौद्धिक वर्गको भाषण गर्ने विषय मात्र बन्नुहुँदैन ।
  • सरकारको कामलाई तीन क्याट्यागोरीमा राखेर विश्लेषण गर्नु पर्दछ । एक दीर्घकालीन महत्वको काम, दुई तात्कालीन महत्वको काम र तीन दैनन्दिन महत्वको काम । दीर्घकालीन महत्वको कामलाई पार्टी र घोषणा पत्र सरकारको मिसनसँग जोडेर विश्लेषण गर्नु पर्दछ । उदाहरणः चीनसँग भएको व्यापार, पारवहन र कनेक्टिभिटी ।
  • राजनीतिक परिवर्तन रिभोलुसनरी तरिकाबाट हुन्छ भने आर्थिक विकासका काम इभोल्युसनरी तरिकाबाट हुने हुनाले केही ढिलो हुन्छ, जसको कारण जनतामा असन्तुष्टी पनि देखिन सक्छ ।
  • अब हामीले राजनीतिक समावेशितालाई सवल, सक्षम र पर्याप्त बनाउँदै आर्थिक–सामाजिक समावेशितामा पनि ध्यान दिने बेला भएकोे देखिन्छ । नत्र राजनीतिक समोशिता जनताका लागि भन्दा राजनीतिककर्मीका लागि हो भन्ने आभाष जनतामा देखा पर्न खतरा छ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रम र रोजगारका आँखाले मात्र हेरेको छ । यो कार्यक्रमलाई उत्पादनमुखी र अर्थतन्त्र र विकासको परिपूरक हुने गरी कार्यान्वयन गरिनुपर्दछ । विगतको अभ्यासले आर्थिक वर्षको अन्तमा बजेट सकाउने काम मात्र भएको गुनासो छ ।
  • पार्टीले अवलम्बन गरेको तीनखम्मे अर्थ नीति निजी, सार्वजनिक र सहकारी क्षेत्रको समन्वयमा आर्थिक सम्वृद्धिको काम गर्नुपर्छ । यसै सन्दर्भमा हाल सबै क्षेत्रमा उपलब्ध भए पनि उद्योग क्षेत्रमा औद्योगिक क्षमताको उपयोग गत आर्थिक वर्षमा ५९.७ प्रतिशत रहेकोमा यस आर्थिक वर्षमा ५७.१ प्रतिशतमा झरेको छ । त्यस्तै सिमेन्ट उद्योगहरुको उत्पादन बढेर पनि पून झर्न थालेको छ । गत वर्ष ७४.६ प्रीतशत थियो भने हाल घटेर ४०.४ प्रतिशतमा झरेको छ । उद्योगहरुले उत्पान अनुसारको बजार नपाएको कराण हेटौडा सिमेन्ट उद्योग बन्द गर्नुपर्ने अवस्थामा जाँदैछ । यसमा बजारी करण र औद्योगीकरणमा सरकारले सम्बोधन गर्न जरुरी छ । सरकारले उखु र चिनी नीति बनाई सहकारीहरुको सयुक्त प्रयासमा उखु उत्पान र चिनी उद्योग सञ्चलन र किसानलाई समयमा नै मुल्य उपलब्ध गराउनु पर्दछ ।
  • सुकुम्बासी, कमैया, हलियाको अनिवार्य घरवासको व्यवस्था गर्नु पर्ने
  • कृषिमा जिवन यापन गरेका कृषकहरुको उमेर हद अनुसार पेन्सनको व्यवस्था गर्ने र
  • कृषि, पर्यटन, उद्योग काल, सिप र संस्कृतिलाई उत्पादनसँग जोडेर लैजानु पर्दछ ।
  • उर्जा क्षेत्रमा प्राप्त गरेको उपलब्धीलाई औद्योगीकरण, व्यवसायीकरण र रोजगारी सिर्जना गरी गरिवी निवारण गर्ने ।

उपनिर्वाचन समीक्षा :

उप चिवार्चनको समीक्षा प्रतिवेदनको ठिकै छ । निर्वाचनमा घात–प्रतिधात हुने र गरिने संस्कृतिको अन्त्य गर्न अनुशासनको कारवाहीलाई कडाइका स्थापित गर्नु पर्दछ ।

प्रतिवेदनमा राष्ट्रिय सभाको निर्वाचनका बारेमा चर्चा गरिएन । प्रदेश नं. २ मा राजनीतिक सुझबुझका साथ गरिएको सहकार्यले २ सिट थपेको छ । यसलाई प्रतिवेदनको अंग बनाइनुपर्छ ।

पार्टीको आगामी कार्यक्रम :

पार्टीको आगामी कार्यक्रम सञ्चालन र परिचालनमा विशेष अभियान सञ्चालन गर्ने विषय राम्रो छ । यो अभियानले सदस्यता नवीकारण, स्कुलिङ्ग, तीन तहको सरकार सञ्चालन, पार्टी र जनप्रतिनिधिको अन्तर सम्वाद, सरकारमा पार्टी विधान र आचार संहिताको कार्यान्वयनमा जोड दिनुपर्छ ।

हामीले संघीयता भर्खरै लागू गरेका छौं । पार्टी र सरकारमा यो नयाँ अभ्यास हो । त्यसमा पनि पार्टी एकताको ऐतिहासिक चरणबाट गुज्रेका छौं । जसरी तीन तहको सरकारबीच अधिकार क्षेत्रको बाँडफाड समन्वयसहित सरकारको कार्यक्षत्र र मातहत सरको कार्यक्षेत्रमा इखभचबिउ भएको प्रसंग जस्तै प्रदेश कमिटीको क्षेत्राधिार, प्रदेश सरकार सञ्चालन, उसले गरेको कामको समिक्षा, मुल्यांकनको बारेमा केन्द्रीय दस्तावेज मौन हुनु, प्रदेश पार्टी कमिटीहरुबारे बाइपास हुने, निर्देशनहरु प्रदेश कमिटीको जानकारी विना मातहत कमिटीमा पुग्ने अभ्यासहरु भएका छन् । जसबाट कमिटी प्रणाली स्थापित हुन सक्दैन ।

कमिटी प्रणाली परिपालन विधान र नियमावलीले परिभाषित गरेको पार्टी कामको नेतृत्व परिचालन गर्न कहीँ कतैबाट अवरोध र हस्तक्षेप हुनुहुँदैन ।

अभियानको कार्यक्रममा हाम्रो मुलुकको भौगोलिक अवस्थालाई हेर्दै ४ महिना गरिनुपर्छ । असार र साउन बर्षायामको सिजन भएकाले जेठ मसन्तासम्म सक्ने गरी तय गरिनु पर्दछ ।

अतिरिक्त सुझावहरु :

  • प्रतिवेदनमा भावमा उल्लेख भएको तर शब्द र वाक्यमा नआएको MCC मिलिनियम च्यालेन्ज कोअरेशन हाम्रो समूहमा सबै वक्तावाट छलफलमा राय व्यक्त गरिएको छ । जसरी पार्टी बाहिर यसको छलफल र चर्चा छ, त्यसैगरी पार्टीपंक्ति पनि चिन्तित छ भन्ने छलफलमा प्रस्तुत प्रस्तुतिले प्रष्ट पारेको छ । अमेरिकाको साम्राज्यवादी एकाधिकार वित्तीय पुँजीको संरक्षक र विश्वको महाप्रभु बन्ने आकांक्षा र चरित्रको कारण सम्झौताको अक्षर र वाक्यको स्पिरिटमा भन्दा उसको चरित्र र नियतमा प्रश्न उठेको छ ।
  • क) कतिपय कमरेडहरुका MCC तेस्रो विश्कवका गरिव, विकासोन्मुख लोकतान्त्रिक प्रकृयावाट आएको सरकालहरुलाई दिने अनुदान सहयोग हो । MCC को सम्झौतामा गम्भीर अभ्यायन गर्दा कुनै राष्ट्रहित विपरीत सर्त छैनन् । विगतको सरकारले विगतमा राष्ट्रिय आवश्यकताको आधारमा योजना छनौट गरी २०७४ साल भदौं २९ गते सम्झौता भएको हुनाले नेपालले गरेको सम्झौता अनुसार कार्यान्वयन गर्न राय आएको छ । ःऋऋ सँग सम्झौता भन्दा एक वर्ष पछि मात्र IPS को अवधारणा आएको देखिएकोले यसमा अलमलिनु हुँदैन ।
  • ख) कतिपय कमरेडहरुको MCC बारेको भ्रम र यथार्थलाई एक अध्ययन कार्यदल बनाई विस्तृत अध्ययन गरी पार्टीभित्र एकमना एकता कायम गरी सर्वसम्मत भएर अनुमोदन गरिनुपर्छ भन्ने राय छ ।
  • नागरिकताबारे अंगीकृत र आमाका नाममा नागरिकता दिने संवैधानिक व्यवस्थालाई सहज ढंगले कार्यान्वय गर्ने प्रावधान गरियोस् ।
  • कतिपय कमरेडहरुले राजनीतिक प्रतिवेदनमा आदिवासी जनजाति, अल्पसंख्यक, दलितको एजेण्डा नभएकाले संविधानमा उल्लेखित समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा ल्याउन माग गर्नुभएको छ । साथै आदिवासी शब्द प्रतिवेदनमा राख्न माग गर्नुभएको छ ।
  • शान्ति प्रकृयाको बाँकी कामको सम्बन्धमा सत्य निरुपण आयोग तथा वेपत्ता नागरिक छानविन आयोगमार्फत अध्ययन गरी यथासिघ्र वेपक्षा नागरिकलाई सहिद घोषणा गरियोस र जनयुद्धका शहीदहरुलाई राष्ट्रिय सहिद घोषणा गरी घाइते अपांग र द्वन्द्व पीडितहरुको विशेष योजना मार्फत सम्बोधन गरियोस्
  • निर्वाचन सकिएको यति लामो समय हुँदा पनि संघीय तथा प्रदेशका सांसदहरुको लेबीमा एकरुपता छैन । माथिदेखि तलसम्म केन्द्रबाट लेबी निर्धारण नगर्दा पार्टीमा आर्थिक व्यवस्थापन गर्न कठिन भएको छ । तत्कालै लेबीमा एकरुपता कायम गरी मातहत कमिटीमा परिपत्र पठाइयोस् ।
  • तीनै तहका सरकार नेकपाको हुँदा पनि वान्छित नतिजा प्राप्त नहुनुमा शासकीय स्वरुपका कारणले हुन नसकेको ठहर गर्‍यो । शासकीय स्वरुप परिवर्तन गर्न सुझाब गर्दछौं ।
  • महिला कमरेडहरुले संविधानले व्यवस्था गरे अनुसार नै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिलाहरुको उपस्थिति हुनु पर्दछ ।

संगठन र विधानमाथि उठेका प्रश्नमाथि सुझाबहरु :

करिब ४३८ केन्द्रीय कमिटीका सदस्यहरुलाई १५ वटा समूहमा बिभाजन गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौड्यालद्वारा प्रस्तुत संगठानिक प्रतिवेदन र विधान संसोधनको प्रस्तब माथि समूह नम्बर १ का २९ जना मध्य २६ जना सदस्यहरुद्वरा दफाबार छलफल गरी सुझाव प्रस्तुत गर्दछौं ।

  • मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा आत्मसात गरेको छ ।
  • लोकतान्त्रिक मूल्यसहितको समाजवाद हाम्रो रणनीतिक लक्ष्य र आधारमूत कार्यक्रम हुन्
  • दीर्घकालीनरुपमा साम्यवाद सम्म पुग्ने विश्वास बोकेको पार्टी, जनताको जनवाद हाम्रो तत्कालीन कार्यक्रम अंगीकार गरेका छौं । शान्तिपूर्ण संवैधानिक एवम् लोकतान्त्रिक बाटोबाट समृद्ध एवम् सामाजिक न्याय हासिल गर्न जनताको जनवाद कार्यान्वय गर्न समाजवादको आधार निर्माण गर्न र समाजवाद स्थापना गर्ने हाम्रो राजनीतिक कार्यदिशा लिएका छौं । हामीले निर्धारित गरेको बाटो र लक्ष्य भेट्न गतिशील, जनआधारित शाक्तिशाली पार्टी आवश्यक छ । त्यसको लागि संगठित संगठानिक सिद्धान्त र संगठन परिचालन आवश्यक छ ।
  • मूलतः पार्टी संगठानात्मक प्रतिवेदन राम्रो छ । एकताको भावनालाई आत्मसात गरेको छ । दुई अध्यक्षको संक्रमणकालीन अवस्था र सहमतिमा गरिने निर्णयले भावनात्मक एकताको प्रतिनिधित्व हुन कसैले नहार्ने र सबैले जित्ने विशिष्ठ संगठनात्मक विधि निर्माण प्रकृयाकाको स्थापन हुने कुुरा राम्रो र व्यवहारिक छ ।
  • संगठन विभागको प्रतिवेदनको पृष्ठ भाग लामो अनावश्यक भएको छ पुनर्लेखन गर्नुपर्छ ।
  • महासचिवले आत्मालोचना गरी संगठानिक प्रतिवेदन प्रस्तुत गरेपछि थप आलोचना गर्नुपर्ने आवश्यकता रहेन ।
  • पार्टीको केन्द्रीय नेतृत्व र नेता कमरेडहरुको ठूलो पंक्ति परिभाषित जिम्मेवारी कामबाट वञ्चित छ । कामको क्षेत्र छैनन् । पूर्णकालीनको पार्टी कार्यकताको काम र जिम्मेवारी तथा अध्यावधिक विवरण कहीँ कतै प्रष्ट छैन । त्यसैले पार्टी नेतृत्वलाई परिभाषित जिम्मेबारी तोकी कामको अधारमा नियमित मूल्यांकन अनुगमन गर्ने, जीवन निर्वाहको व्यवस्था गर्नुपर्छ । अनि मात्र पार्टीको अपेक्षा पुरा हुनेछ । त्यसबाट पार्टी संगठन निर्माण परिचालन, प्रचार प्रसार विना गतिरोध अगाडि बढ्न सक्छ ।
  • आचारसंहिता केन्द्रीय कमिटीको बैठकमा पेश गरिनु पर्दछ । छलफल गरी परिमार्जन गरी कार्यान्वयन गरिनु पर्दछ ।
  • विधानतः पोलिटब्यूरो संगठन कमिटी गठिन गरिनु पर्दछ ।
  • पार्टी विधानले व्यवस्था गरेको समायावधि पटक–पटक उलंघन भएको छ । सभागृह र विभिन्नपटक स्थायी समितिले गरेका घोषणाका कार्यक्रम निर्धारित समयमा कार्यान्वयन गर्न सकिएन । आउँदा दिनमा लिखित प्रतिवद्धता पुरा हुनेतर्फ ध्यानाकर्षण गरिन्छ ।
  • विभिन्न समयमा पार्टी एकताका क्रममा भिन्न पार्टी समूहहरुका व्यक्ति पार्टी प्रवेश गरेपछि उनीहरुलाई कही संगठित गरी जिम्मेवारी नहुँदा उनीहरु अलमलमा छन् । उहाँहरुको योग्यता र क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिन हामी चुकेका छौं । त्यसको सबै तत्थ्यांक केन्द्रीय कार्यालयमा छ । प्रवेशी कम्युनिष्ट कार्यकर्ताहरुलाई छिट्टै संगठिन गर्नु पर्दछ ।
  • तत्कालीन नेकपा मालेलगायत विभिन्न समूहका पोलिटब्यूरो सदस्य तथा केन्द्रीय सदस्यहरुलाई तत्कालै योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्छ ।
  • पार्टी एकताका क्रममा २ नं प्रदेश र अन्य जिल्लामा चरम विवाद छ । मातहत कमिटी र पार्टी कार्यकर्ता कमिटीविहीन छ त्यस क्षेत्रमा पार्टी एकिकराणको काममा विशेष ध्यान पुर्‍याउनुपर्छ । परिपत्र अनुसार संगठन विभागले तुरुन्त पहलकदमी गरी त्यहाँको समस्या समाधान गरियोस् ।
  • संगठन विभागको परिपत्रमा संगठित सदस्यको निविकरण मिति कतै चैत्र मसान्त त कतै बैशाख मसान्त भनिएको छ, त्यसलाई एकरुपता गरी सच्याउनुपर्ने ।
  • जनवर्गीय संगठनहरुको एकिकरण गर्दा पूर्ववत नेतृत्व स्थापित गर्दा कतिपय जिल्लामा पार्टी निर्णय विपरीत चल्ने व्यक्तिहरु नेतृत्वमा आएका छन् । त्यसले एकीकरणको मर्मलाई सम्बोधन गर्दैन । जबसको प्रदेश कमिटी गठन गर्दा प्रदेश पार्टीसँग समन्वय गरी पुनः गल्ती नदोहोर्‍याउने ।
  • स्थानीय तहमा विधानको धारा ५४, ५५ मा व्यवस्था भएको स्थानीय तह दल र स्थानीय तह बोर्ड कमिटी गठन गरी पार्टी र जननिर्वाचित संस्थामा पार्टी नेतृत्व स्थापना गर्न ढिला गरिनुहुँदैन ।
  • पार्टी कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्न मूल्याङ्कनको परिपाटी कमजोर भएको छ । मूल्याङ्कनलाई पार्टीव्यापी बनाइनुपर्छ । कम्तिमा ६/६ महिनामा अनुगमन मूल्याङ्कन गरी व्यक्तिगत फाइल तयार गरिनुपर्छ । पार्टी कार्यकर्ताको प्रमोशन र प्रोत्साहनका लागि उक्त प्रकृयाले सधैं टेवा पुर्‍याउने छ । यसलाई तत्कालै लागु गर्नुपर्छ ।

विधानमाथिका सुझावहरु :

महासचिवद्वारा प्रस्तुत विधानमा पार्टी एकताको आवश्यकता, व्यवहारिक अनुभव र पार्टी एकतालाई सम्बोधन गर्ने गरी प्रस्ताव आएको छ । यो समसामयिक छ । अहिलेसम्मको कामको सारका रुपमा यसलाई लिन सकिन्छ । यो उपयुक्त छ ।

महानगरपालिका कमिटीहरुलाई जिल्ला कमिटीसरह भनी विधानमा उल्लेख गरिएको छ । तर, कमिटी प्रणालीमा सबै महानगरपालिका कमिटी जिल्ला कमिटी मातहत छन् । अहिले महानगरपालिका कमिटी र जिल्ला कमिटीको संगठनात्मक काममा तालमेल मिलेको छैन । यसको बस्तुनिष्ठ कमिटीका लागि विधानमा व्यवस्था गर्नुपर्दछ ।

  • मुलुकको संघीय ढाँचाअनुसार पार्टी विधानको व्यवस्था गरिनु पर्दछ । जिल्ला कमिटीलाई समन्वयकारी भूमिका दिने गरी संसोधन गर्नुुपर्ने ।
  • केही कमरेडहरुले आन्तरिम विधानको प्रस्तावनामा संशोधनको आवश्यकता छैन भन्नुभएको छ
  • विधानको धारा २८ मा काठमाडौं उपत्यकामा मजदुर युवा विद्यार्थीपछि आदिवासी जनजाति थप्ने ।
  • उद्यमी व्यवसायी र पेशागत क्षेत्रको …… भन्ने वाक्यांश थप्ने ।
  • यस विधानको अन्य धारा उपधारामा आदिवासी जनजाति शब्द थपी क्रम मिलाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment