Comments Add Comment

ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य

२२ माघ, काठमाडौं । आईसीसी क्रिकेट वल्र्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो ।

उसको सुरुवात भने खराब थियो र ५७ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर मोहम्मद नदिम र सन्दीप गौडले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ६० रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काए । गौड ३३ रनमा आउट भए ।

तर नदिम अन्तिमसम्म टिके र अर्धशtकसँगै ओमानलाई राम्रो स्कोरमा पुर्‍याए । । उनी ६९ बलमा अविजित रहे । ९६ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै नवौं नम्बरमा आएका नसिम खुसीले १८ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए ।

नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।

पुरै १० ओभर बलिङ गरेका सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । उनले ४५ रन खर्चिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment