+
+

महिलासम्बन्धी विशेष नीति ल्याउने मन्त्री गुरुङको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १४:३२

२२ माघ,काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिलासम्बन्धी विशेष नीति’ ल्याउने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिला सम्बन्धी विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको बताए ।

‘नेशनल नेटवर्क फर बेइजिङ रिभ्यू नेपाल’ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले बोक्सी, दाइजो, बाल विवाहलगायतका सामाजिक कूरीतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

‘मुलुकको समृद्धिमा टेवा दिने गरी समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइनेछ,’ मन्त्री गुरुङले भने ‘त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?