+
+

विराटनगरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १२:१३

२३ माघ, काठमाडौं । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

आज (बिहीबार) विहान विराटनगर महानगरपालिका-१० अरनिको कलेज नजिकै को२ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा अटोमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा विराटनगर-१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब रहेका छन् । उनीहरुको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?