+

एभरेष्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता 

२०७६ माघ  २३ गते १२:५८ २०७६ माघ २३ गते १२:५८
एभरेष्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता 

२३ माघ, काठमाडौं । आगामी चैतमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता प्रदान गरेको छ ।

ईपीएलको आयोजक ईपीएल प्रालिले बिहीवार आईसीसीले मान्यता दिएको जनाएको छ ।

ईपीएल चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।  यस पटक टेष्ट मान्यताप्राप्त देशका खेलाडीहरु समेत ईपीएल खेल्न नेपाल आउँदैछन् ।

जसमा वेष्ट इन्डिजका क्रिस गेलसहित ड्वाने स्मिथ श्रीलंकन उपुल थरंगा र अफगानिस्तानका मोहमद शेहजादसमेत छन् । यस्तै अन्य विदेशी खेलाडीहरुको नाम सार्वजनिक हुन बाँकी छ । ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय