+
+

फुटसल प्रतियोगिता गरेर मिर्गौला पीडितलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १९:०२

२४ माघ, बुटवल । बुटवलमा नेपाल तरुण दलले ६६ औं स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता गरी मिर्गौला पीडितलाई सहयोग गरेको छ ।

बुटवलका पूर्वनगरप्रमुख स्व सूर्यप्रसाद प्रधान तथा स्व श्रीमती सुककुमारी प्रधानको स्मृतिमा तेस्रो तरुण फुटसल प्रतियोगिताको गरी मिर्गौला पीडित तिलोत्तमाका केवल गिरीको उपचारको लागि सहयोग गरेको हो ।

नेपाली कांग्रेस बुटवलका उपसभापति खेलराज पाण्डेलगायतले पीडित गिरीकी बहिनी पुनमलाई ६० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

प्रतियोगिताको उपाधि वडानम्बर ४ ले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नं ४ ले वडा नं ३ लाई ५-४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै वडा नं. ४ ले नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं. ३ नगद २५ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?