Comments Add Comment

चीनका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

२६ माघ, काठमाडौं । चीनबाट स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।

‘चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गर्दछ’ बैठकपछि आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय पनि गरेको सचिव भट्टराईले जानकारी दिए ।

चीनको हुवेई प्रान्तमा रहेका १८० नेपालीले स्वदेश फर्काउन चीनस्थित नेपाली दूतावासमा अपिल गरेका छन् । उनीहरुका अभिभावकले नेपालमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयमा गई आफ्ना छोराछोरीलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।

आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको जानकारी लिन पनि सरकारलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस वुहानमा छोराछोरी रोइरहेका छन्, नेपालमा बावुआमा ! यो पनि पढ्नुहोस ‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’ यो पनि पढ्नुहोस वुहानबाट नेपालीको प्रश्न : सरकार ! हाम्रो मृत्यु पर्खिएको हो ? यो पनि पढ्नुहोस नेपालमा कोरोना भाइरस : स्वास्थ्य क्षेत्रको कुरूप पक्ष देखाउने अर्को ऐना यो पनि पढ्नुहोस स्वास्थ्य मन्त्रालयकाे गम्भीर लापरवाही, विज्ञ भन्छन्– कोरोना संक्रमण फैलन सक्छ यो पनि पढ्नुहोस कोरोना फोबिया : नेपालमा ‘भाइरस प्रतिरोधी’ मास्कको अभाव यो पनि पढ्नुहोस कोरोना भाइरस : संक्रमण रोक्न नेपालमा के-के गरिँदैछ ? यो पनि पढ्नुहोस कोरोना भाइरस : भ्रम, हल्ला र यथार्थ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment