Comments Add Comment

इल्यास : ब्याटिङ नगर्ने चाह थियो, शतक ठोकेर ओमानलाई जिताए

काठमाडौं । ओमानका अकिब इल्यासले आइतवार नेपालविरुद्ध आˆनो पहिलो एकदिवसीय शतक बताए ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ४६औं ओभरको पाँचौ बलमा सन्दीप लमिछानेलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । १०२ बल खेल्दै ११ चौका र १ छक्काको मद्दतमा शतक पूरा गरेका उनी १०८ रन अविजित रहे ।

२५औं ओभरको पाँचौं बलमा उनले जीवनदान पाएका थिए । आरिफ शेखले उनको क्याच ड्रप गरेका थिए, जसको उनले भरपुर सदुपयोग गरे ।

त्यसअघि इलियासले नेपालको ब्याटिङ अर्डरलाई रोक्न उनले ४ विकेट समेत लिएका थिए ।

उनकै शानदार प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गर्दै क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो हात पार्‍यो र १४ अंकसहित शीर्ष स्थानमा उक्लियो ।

यो त भयो मैदानमा देखिएका कुरा । केही नदेखिएका कुरा पनि थिए, जसले यो सफलता दिलायो ।

खासमा उनी टप अर्डर ब्याट्सम्यान हुन् । तर बलिङ पनि उत्तिकै राम्रो गर्छन् । खेलपछि आफूलाई ब्याटिङ कि बलिङ अलराउण्डर भन्न रुचाउनुहुन्छ भन्ने प्रश्नमा उनले ब्याटिङ अलराउण्डर भन्ने जवाफ दिए ।

उनले अलराउण्डरको नाम जस्तै भूमिका पनि निर्वाह गरे । यसअघि उनले नेपाल विरुद्धको पहिलो खेलमा ब्याटिङमा १६ रन मात्र बनाएका थिए भने बलिङमा १ विकेट लिएका थिए । दोस्रो खेलमा अमेरिका विरुद्ध सुधार गर्दै अर्धशतक ठोके अनि २ विकेट पनि लिए । उनले अमेरिकाविरुद्ध ७२ रन बनाएका थिए । नेपाल विरुद्ध अझै सुधार गर्दै शतक ठोके, अनि ४ विकेट लिए ।

शतक प्रहार गरेपछि त्रिवि क्रिकेट मैदानलाई ढोगे, जहाँ उनले पहिलो ओडिआई शतक बनाए । अनि नेपाली दर्शकलाई अभिभादन गरे । आˆनो टिमको ड्रेडिस रुमभन्दा दर्शकको मायालाई बढी ध्यान दिए । दर्शकले पनि उनकोसम्मानमा चियरअप गरे ।

नेपालको हजारौं दर्शकविरुद्ध खेल्न पाउँदा उनी मख्ख थिए र शतक बनाउँँदा खुशी देखिए । ‘एउटा खेलाडीले अनुभव गर्न सक्ने बेस्ट फिलिङ भयो’४ विकेट लिएर शतक प्रहार गर्दा कस्तो लाग्यो भनेर खेलपछि सोध्दा उनले यस्तो भने ।

खासमा उनलाई बलिङ गर्दा चोट लागेको थियो । त्यसैले उनले ब्याटिङ नगर्ने सोच बनाएका थिए ।

तर नेपालले २५० रनको लक्ष्य दिएपछि टिममेट र प्रशिक्षकले उनलाई आज तिमीले खेल्नुपर्छ भने । त्यही हौसलामा उनी तेस्रो नम्वरमा ब्याटिङ गर्न क्रिजमा पुगे । ‘इन्जुर्ड भएकाले ब्याटिङमा कमब्याक गर्ने योजना थिएन । तर कोच र स्टाफले आएर तिमी ब्याटिङ गर्न जाऊ, आज तिम्रो दिन छ भने’ उनले भने, मैले पनि शतक बनाएँ र जिताए । त्यो उत्कृष्ट अनुभव रहृयो ।’

उनले नेपाली दर्शकलाई बेस्ट क्राउडको संज्ञा दिए । ‘हामीले अहिलेसम्म यस्तो क्राउड अन्यत्र देखेका थिएनौँ । मैले मेरो जीवनमा देखेको यो एकदमै राम्रो क्राउड हो’ इल्यासले भने, ‘जसरी उनीहरुले आˆनो टिमलाई सपोर्ट गर्छन्, त्यो उत्कृष्ट छ । अब मलाई थाहा छैन म फेरि कहिले नेपाल आउँछु ।’

शतक बनाएर ओमानलाई जिताउनुअघि उनले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए । कप्तान ज्ञानेन्ऽ मल्लसहित नेपालका ४ विकेट उनले झारे । उनले ज्ञानेन्ऽसँग आरिफ शेख कुशल मल्ल र करण सीलाई आउट गरेका थिए ।

ओमानको सातौं बलरको रुपमा प्रयोग भएका उनले १० ओभर स्पेलमा ३६ रन खर्चेर ४ विकेट लिए ।

नेपालका कप्तान ज्ञानेन्द्र र पूर्व कप्तान पारस खड्काले दोस्रो विकेटका लागि राम्रो साझेदारी गरिरहेका बेला उनले २९औं ओभरको पहिलो बलमा ५९ रनको साझेदारी ब्रेक गरेका थिए ।

यसअघि पनि उनले नेपाल र अमेरिकाविरुद्ध चाहिएको बेला नै विकेट दिलाउँदै आएका थिए ।

२७ वर्षीय इल्यासले २०१९ मा नामिबियाविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । त्यसयता उनले १० खेल खेल्दै एक शतक र ४ अर्धशतक प्रहार गरिसकेका छन् । ब्याटिङमा ५१६ रन बनाएका उनले बलिङमा समेत १३ विकेट लिइसकेका छन् । नेपालविरुद्ध ४-३६ नै उनको उत्कृष्ट बलिङ फिगर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment