+
+

तिलोत्तमाका ७ वटा वडा प्लास्टिकमुक्त क्षेत्र घोषित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १८:११

२७ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं ५ (मणिग्राम क्षेत्र) शून्य पोलिथिन क्षेत्र घोषित भएको छ । यो संगै नगरपालिकाका १७ मध्ये ७ वटा वडा शून्य पोलिथिन क्षेत्र घोषणा भएका छन् ।

सोमबार मणिग्राम चोकमा आयोजित सार्वजनिक समारोहमा वडाभित्रका सातवटै टोल विकास संस्थाका अध्यक्ष र वडा अध्यक्ष चेतनारायण भण्डारीलगायतले प्ले कार्ड प्रदर्शन गर्दै वडालाई शून्य पोलिथिन क्षेत्र घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै राष्ट्रिय सभाका सदस्य एवं वडावासी गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाले देशकै लागि उदाहरणीय काम गरेको भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले चार महिनामा दैनिक दुई घण्टाका दरले करिब एक लाख नगरवासीले पाँच करोड रुपैयाँ बराबरको श्रमदान गरेर सात वटा वडालाई शून्य पोलिथिन बनाउन सफल भएको बताए ।

नगरभित्र एक हजार बढी डस्ट बिन वितरण गरिएको भन्दै उनले जथाभावी फोहोर फाल्नेलाई नगर प्रहरीले कारवाही गर्ने बताए ।

तिलोत्तमा–५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले घोषणा कार्यान्वयनमा टोल विकास संस्था, आमा समूह, शैक्षिक संस्था र उद्योगी–व्यवसायीको इमान्दार साथ चाहिने बताए ।

तिलोत्तमालाई शुन्य पोलिथिन बनाउने अभियानको आयोजक संस्था दिगो वातावरणीय तथा पारिस्थितीय प्रणाली व्यवस्थापन (सिम) नेपालका निपेश ढाका अधिकारीले चार महिनाको अवधिमा तिलोत्तमाका १७ वटै वडाबाट वर्षौंदेखि फ्यांकिएका ३५ हजार बोरा प्लास्टिक र पोलिथिन संकलन भइसकेको बताए । उनले अझै एक तिहाई संकलन गर्न बाँकी रहेको बताए ।

उनले तिलोत्तमाको यो अभियान नेपालकै लागि गौरवको विषय हुने बताए । नगरलाई शून्य पोलिथिन बनाउन सीम नेपालका ७० जना स्वयंसेवक नगरपालिकाका १७ वटै वडाका टोल टोल र नगरभित्रका सरकारी र संस्थागत ८५ वटै विद्यालयमा पुगेर सरसफाइ, वातावरण संरक्षण र माटोको उर्बरा शक्ति सुरक्षाका लागि प्लास्टिकले पुर्‍याउने हानी–नोक्सानीबारे प्रशिक्षण दिएका थिए ।

नगरभित्र संकलित फोहोर तिलोत्तमाकै वडा नंं ८ मा सञ्चालनमा आएको फोहोर प्रशोधन केन्द्रमा प्रशोधन गरी बिक्री गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?