Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज १२ औं चरणको अन्तिम खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत १२ औं चरणको अन्तिम खेल आज हुँदैछ । जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब आज खेल्दैछन् ।

खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

११ खेलबाट १८ अंकसहित जावलाखेल अंक तालिकामा पाँचौं स्थानमा छ । हिमालयन शेर्पाविरुद्ध जित वा बराबरीले जावालखेल शीर्ष पाँचमा पर्ने पक्का हुनेछ । पराजित भएमा पनि जावलाखेलको शीर्ष ५ मा पर्ने सम्भावना बलियो नै छ ।

उता, ११ खेलबाट १० अंक मात्र रहेको हिमालयन ११ औं स्थानमा छ । शीर्ष ६ को होडबाट बाहिरिसकेको हिमालयनका लागि जावालखेललाई हराउन सके सातौं स्थानसम्म पुग्नसक्ने सम्भावना बाँकी रहन्छ ।

यस खेलपछि लिगमा अन्तिम चरणको ७ खेल हुनेछन् । जसमा बिहीबार र शुक्रबार तीन–तीन खेल हुनेछन् । शनिबार भने एक खेल हुनेछ । लिगमा शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दैछन् । दुवै क्लब पहिलो पटक लिग जित्ने लक्ष्यमा छन् । १२ खेलबाट २९ अंकसहित आर्मी पहिलो र समान खेलबाट २८ अकसहित मछिन्द्र दोस्रो स्थानमा छ ।

आर्मीले बराबरी खेले पनि उपाधि जित्नेछ भने मछिन्द्रले च्याम्पियन बन्न आर्मीलाई हराउनैपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment