Comments Add Comment

वैदेशिक रोजगारको अध्याँरो कथा :पैसा होइन, रोग बोकेर फर्कन्छन्

वैदेशिक रोजगारमा गएकाहरुको स्वास्थ्यप्रति चासो छैन सरकारलाई

दिनहुँ औसत पन्ध्र सय युवा चर्को व्याजमा ऋण काडेर विदेशी श्रम बजारमा पुग्छन् । मेशिन जस्तै दिनरात पसिना चुहाउँछन् । पूख्र्यौली ऋण चुक्ता गर्ने, लालाबाला पढाउने, आमाबुवाको उपचार गर्ने, घर-व्यवहार सम्हाल्ने सपना बोकेर घर छाडेकाहरु सबै सग्लो र्फकदैनन् । कोही निर्जिव बनेर कफिनमा र्फकन्छन् । कोही अंगभंग भएर र्फकन्छन् । कोही रोगै-रोगले थिलथिलो भएर र्फकन्छन् । तर, उनीहरुको स्वास्थ्यप्रति कसले सरोकार राख्ने ?

हरेक वर्ष कामदारको स्वास्थ्य परीक्षण गरेर विदेश पठाउने गरेको भएपनि कार्य क्षेत्रमा आफ्नो स्वास्थ्यमा गरिने हेलचेक्याईँका कारण धेरै नेपालीहरु गम्भीर किसिमका स्वास्थ्य समस्यामा गुजि्रने गरेका छन् । विभिन्न मिडिया रिपोर्ट अनुसार खाडी मुलुकमा रहेका नेपालीहरुलाई मुटुसम्बन्धी रोगहरु धेरै लाग्ने गरेको पाइएको छ भने भारतमा रहेका नेपालीहरुलाई यौन रोग र सरसफाईमा ध्यान नदिँदा लाग्ने विभिन्न रोगहरुले सताउने गरेको छ ।

खाडी सहयोग परिषद (जीसीसी) अन्तर्गत्का विभिन्न ३ देशहरुमा नेपाली पुरुष आप्रवासीहरुमा गरिएको एक अध्ययनले चिन्ता, डिप्रेशन, क्षयरोग, दुर्घटना र चोटपटक, टाउको दुख्ने र आत्महत्या गर्ने प्रयास जस्ता स्वास्थ्य सम्बन्धी कमजोरीहरु धेरै रहेको देखाएको छ । त्योभन्दा धेरै समस्या भारतमा रहेको भन्दै पछिल्लो समय गरिएको अध्ययनले भारतमा विशेषगरी यौन रोगको धेरै समस्या रहेको औल्याएको हो ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार आव २०६५/६६ देखि २०७५/७६ सम्म आइपुग्दा विदेशमा रोजगारीका लागि गएका सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाउने गरेका छन् । यसमध्ये धेरै समस्या यस्तै बिरामीका कारण हुने गरेको अध्ययनले देखाएको हो । सोही समय छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आˆनो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान नपुर्‍याउँदा यस्तो समस्या आउने गरेको बताइएको थियो ।

२०७५ साल जेठ २३ गते स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित एक समितिले काम वा पढाइको सिलसिलामा नेपालबाट बाहिरिएका नेपालीहरुको स्वास्थ्य अवस्था सुधार्न केही महत्वपूर्ण सुझाव सहितको प्रतिवेदन श्रम मन्त्रालयमा बुझाएको थियो । कामदारको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ व्यवस्था, स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको मापदण्ड, स्वास्थ्य संस्थाको अनुगमन गर्ने लगायतका कामहरु सहितको सुझाव प्रतिवेदन सो टोलीले बुझाएको थियो । तर, अहिलेसम्म पनि प्रवासमा रहेका नेपालीहरुको जोखिम कम हुन सकेको छैन ।

नेपालबाट रोजगारीको लागि जाने सबैभन्दा धेरै नेपालीहरु रहेको भारतमा नेपाली कामदारहरुको स्वास्थ्य चुनौती चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ । केही महिना अघि ‘इन्टरनेशनल जर्नल अफ इन्भारमेन्टल रिसर्च एण्ड पब्लिक हेल्थ’मा प्रकाशित एक अध्ययन प्रतिवेदनले भारतमा रोजगारीका लागि गएका नेपालीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताएको हो ।

सो अध्ययनको निष्कर्ष खण्डमा भारतमा नेपाली आप्रवासी कामदारहरूले धेरै चुनौतिहरूको सामना गर्नु परेको भन्दै तिनीहरुको कम सामाजिक-आर्थिक स्थिति र तिनीहरूको आवास र कार्यस्थलको खराब अवस्थाका कारण उनीहरुको स्वास्थ्यमा चुनौती थपिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुले भारत रहेका नेपालीहरुलाई रक्सी र सुर्तीजन्य सामग्रीको प्रयोग एवं सुरक्षित यौन अभ्यासको विषयमा जनचेतना जगाउनुको विकल्प नरहेको औल्याएको छ ।

अन्य देशमा गएर काम गर्नेहरुको १ः७ को अवस्था

विश्वमा कूल ७ जना मध्ये एक जनाले आफू जन्मिएको ठाउँ छाडेर अर्काे ठाउँमा कामको सिलसिलामा जाने गरेका छन् । सन् २००० मा १७ करोड ३० लाख मानिस विश्वभर आफू जन्मिएको ठाउँ छाडेर अन्यत्रै विभिन्न सिलसिलामा जाने गरेकोमा २०१७ मा यो संख्या २५ करोड ८० लाख पुगेको छ । यसको आधाभन्दा धेरै त कामको सिलसिलामा नै एक ठाउँ छाडेर अर्काे ठाउँमा जाने गरेको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment