Comments Add Comment

यती समूहले भन्यो– कानुन विपरीत छैनौं, हाम्रो सफलताको इर्ष्या गरे

सोनाम शेर्पा

१ फागुन, काठमाडौं । नेपाल  ट्रष्टको जग्गा भाडामा लिएर ब्यापार व्यवसाय गरेको सन्दर्भमा लगातार यती होल्डिङ र सरकारको सम्बन्धबारे संसदमा समेत प्रश्न उठेपछि यती समूहले मुख खोलेको छ । यती गु्रपका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बुधबार साँझ विज्ञप्ति जारी गरी बुँदागत रुपमा आरोपहरुको प्रतिवाद गरेका छन् ।

केही स्वार्थ समूहले नेपालको पर्यटन उद्योगमा यती समूहको सफलताबाट इर्ष्या गरेर नियोजित रुपमा बदनाम गराउने र कमजोर पार्ने प्रयास गरेको शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख उल्लेख छ ।

आफ्नो परिवारको सदस्य आङछिरिङ शेर्पाको निधनले शोकमा परेका बेला प्रतिस्पर्धी कतिपय समूहले यति होल्डिङ र सरकारको बदनाम गराउन प्रयास गरेको शेर्पाले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ– सच्चा देशभक्त, राष्ट्रवादी आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने यती समूहले गरेको सफलता र राष्ट्र सेवाप्रति इर्ष्या प्रदर्शन भएको घटनाका रुपमा मात्र हामीले यसलाई लिएका छौं । हामी कानुनको जगमा उभिएर निरन्तर आफ्नो सेवामूलक पेशाप्रति अझै धेरै जिम्मेवार रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटनको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन यतीले चार दशकदेखि अग्रणी भूमिका खेलेको समेत विज्ञप्तिमा स्मरण गराइएको छ । यतिले वार्षिक १ अर्बभन्दा बढी कर राज्यलाई तिर्दैै आएको र ३ हजार ५ सयभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको जनाएको छ ।

अहिले जग्गा लिजमा लिँदा सबै काुननी प्रक्रिया र प्रतिस्पर्धामा भाग लिएको र कानुन विपरीत भए जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत शेर्पाले जनाएका छन् । उनले सबैखाले भ्रम र आक्रमणको डटेर सामना गर्ने प्रष्ट पारेका छन् । उनले सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको अभियानमा यती समूहको साथ रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment