+
+
Shares

हस्ताक्षर अभियानमा हस्तक्षेप भयो : रास्वपा, प्रहरी भन्छ- होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १४:१६

२९ असार, विराटनगर । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । दमकको क्याम्पस मोडमा रास्वपा कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोध साँधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी हुने सडकमा हस्ताक्षर अभियान चलाएपछि आइतबार दिउँसो प्रहरीले रास्वपाको टोलीलाई हस्ताक्षर अभियानलाई केही समय रोक्न लगाएको रास्वपाले बताएको छ ।

पूर्वपश्चिम राजमार्गको दमकको क्याम्पस मोड खण्डमा हस्ताक्षर अभियानका लागि प्रयोग गरेको माइक भाँचिदिएको रास्वपा नेताहरूको भनाइ छ ।

रास्वपा कोशी प्रदेशका कार्यवहाक प्रवक्ता प्रकाश अधिकारीका अनुसार, हस्ताक्षर अभियान चलिरहेका बेला प्रहरीले माइक भाँचेर लगेका थिए ।

रास्वपाको अभियानलाई प्रहरीले हस्तक्षेप गरेको उनको गुनासो छ । उनका अनुसार तीन दिनयता दमकमा हस्ताक्षर अभियान चलिरहेको छ । आज हस्ताक्षर अभियान सञ्चालनका क्रममा भने प्रहरीले हस्तक्षेप गरेको उनी बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबारयता गृह जिल्ला झापामा छन् । प्रधानमन्त्री झापाको गौरिगञ्ज जाने रुटमा रास्वपा कार्यकर्ता बसेपछि हटाएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले भीभीआइपीको सवारी हुँदा ‘रोड प्रोटेक्सन’ का क्रममा रास्वपाका कार्यकर्तालाई केही समय रोकिएको बताए । उनले माइक नखोसको दाबी गरे ।

‘भीभीआईपीको सवारी हुँदा रोड प्रोटेक्सन ड्युटी लाग्छ,’ उनले भने,‘ त्यही क्रममा सामान्य केही भएको होला, माइक खोसेको होइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?