Comments Add Comment

नेपाली क्रिकेट टिमको अन्तरिम प्रशिक्षकमा टमाटा

१ फागुन, काठमाडौं । उमेश पटवालको बिदाईसँगै प्रशिक्षक जगत टमाटाले नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हाल्ने भएका छन् । अर्को प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि टमाटालाई नै जिम्मेवारी दिने नेपाल क्रिकेट संघ (क्यान)को तयारी छ ।

भारतीय प्रशिक्षक पटवालले त्रिकोणात्मक सिरिजपछि विदा हुने गरी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाइसकेका छन् । आईसीसी क्रिकेट वल्र्डकप लिग २ को त्रिकोणात्मक सिरिज अगाडि नै उनले राजीनामा बुझाएका थिए । क्यान स्रोतकाअनुसार पटवालको राजीनामा स्वीकृत गरेर उनलाई विदा गर्ने समझदारी आईसीसीसँग भएको छ । क्यानको निलम्बन फुकुवा नभइसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग समन्वय गरेर आईसीसीले नै उनलाई नियुक्त गरेको थियो ।

क्यानका एक पदाधिकारीकाअनुसार नयाँ प्रशिक्षकमा विदेशी नै ल्याउने सोच भएपनि थप छलफल भएको छैन । त्यसैले अन्तरिम रुपमा टमाटाले नै प्रशिक्षकको भूमिका निभाउनेछन् ।

नेपालले फागुन तेस्रो साता थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टि२० क्रिकेट खेल्दैछ । त्यसैलाई मध्यनजर गर्दै क्यानले टमाटालाई जिम्मेवारी दिन लागेको हो ।

नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्दाका पहिलो पुस्ताका खेलाडी समेत रहेका टमाटा नेपालले २०१८ मा पहिलो पटक ओडिआई मान्यता पाउँदा नेपालका प्रशिक्षक थिए । सन् २०१५ मा श्रीलंकन मुलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेले नेपाल छाडेदेखि टमाटाले प्रशिक्षक जिम्मेवारी सम्हाल्दै आएका थिए । पटवाल नेपालको प्रशिक्षक बनेपछि टमाटाले महिला टिम सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment