+

ए डिभिजन लिगको अन्तिम खेलमा विमल घर्तीमगर मच्छिन्द्रबाट खेल्ने

२०७६ फागुन  २ गते १२:२७ २०७६ फागुन २ गते १२:२७
ए डिभिजन लिगको अन्तिम खेलमा विमल घर्तीमगर मच्छिन्द्रबाट खेल्ने

२ फागुन, काठमाडौं । स्ट्राइकर विमल घर्तीमगरले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्ने भएका छन् । विमलले मच्छिन्द्रबाट नेपाल आर्मी क्लबविरुद्ध खेल्ने भएका हुन् ।

प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार पत्रकार सम्मेलन गरी विमलले आर्मीविरुद्ध खेल्ने जानकारी दिएका हुन् ।

विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात डिस्कोमा गएको भन्दै विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन गरेको थियो । निलम्बनकै कारण उनीहरुले नेपालमै आयोजित साग गेम गुमाएका थिए ।

अंक तालिकामा आर्मीको २९ र मच्छिन्द्रको २८ अंक छ । लिगको अन्तिम खेलमा आर्मीले बराबरी गरे पुग्छ भने मच्छिन्द्र जित्नैपर्ने दबाबमा छ । लिगको अन्तिम खेल शनिबार दिउँसो साढे एक बजे हुनेछ ।

विमल घर्तीमगर सहिद स्मारक ए डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय