Comments Add Comment

बुटवलमा नवौं दीप गायन तारा हुँदै

२ फागुन, बुटवल । जिल्ला स्तरीय अन्तर विद्यालय आधुनिक गायन प्रतियोगिता ‘दीप गायन तारा’ को नवौं संस्करण फागुन ४ र ५ गते हुने भएको छ ।

बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ स्कुलको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने छन् ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र दिइने विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले बताए ।

यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई नगद दुई–दुई हजार तथा सहभागी सबैलाई गायनमा प्रोत्साहन गर्न प्रतिस्पर्धामा भाग लिए वापत एक–एक हजार नगद दिइने विद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेले बताए ।

प्रतियोगितामा ५० जना बढीले भाग लिनका लागि नाम दर्ता गराइ सकेको पाण्डेले बताए । प्रतियोगितामा भाग लिन दर्ता शुल्क पाँच सय रुपैयाँ तय गरिएको उनले बताए । विजेतालाई विद्यालयको ३९औं स्थापना दिवसका अवसरमा पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment