+
+

दुई वर्ष पूरा गर्नु पनि सरकारको उपलब्धि : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३ गते ११:३२

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन् ।

सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरूबारे सदनलाई जानकारी गराइरहेका छन् ।

सम्बाेधनकाे सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात् २ वर्ष पूरा भएको छ । लामो समयसम्म ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने अवस्था आउँदोरहेछ ।’

आफूले यसअघि संसदमा सम्वोधन गर्न खोज्दा नपाएपछि बाहिरै बोल्नुपरेको प्रधानमन्त्रीले स्मरण गरे । त्यसैगरी शुक्रबार संसदमा सम्वोधन गर्द लाग्दा राष्ट्रियसभा सदस्यको निधनका कारण बोल्न नपाएको भन्दै उनले मृतक राष्ट्रियसभा सदस्य दूर्गाप्रसाद उपाध्ययनप्रति श्रद्धाञ्जली प्रकट गरे ।

प्रधानमन्त्री ओलीले संसदमा बोल्दै आफ्नो सरकारमाथि उठेका सार्वजिनक प्रश्नहरुको प्रतिवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?