Comments Add Comment

नाइट क्लबमा संस्कृत भाषाका गीत !

संस्कृत भाषाका गीत कहाँ गाइन्छ ? सायद भजनको रूपमा कुनै पूजाआजास्थल वा मन्दिरमा । तर यो दुनियाँमा एउटा यस्तो नाइट क्लब छ, जहाँ संस्कृत भाषामा गीत गाइन्छ । सो नाइट क्लबमा संस्कृत भाषाका गीतमा तन्नेरीहरू झुमिरहन्छन् ।

संस्कृत भाषाका गीत घन्काइने नाइट क्लब कहाँ होला ? सायद नेपाल वा भारतमा नै होला भन्ने तपाईंको सहज उत्तर हुन सक्दछ । तर होइन । संस्कृत भाषाका गीत घन्किने दुनियाँको एकमात्र नाइट क्लब दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा छ ।

अजेन्टिनाको ब्युनर्सआयर्समा ग्रोभ नामक नाइट क्लब रहेको छ । जसमा कुनै अंग्रेजी रक वा पप गीतहरू बज्दैनन् । न त कुनै स्पेनिस भाषाका गीत बज्दछन् । त्यहाँ संस्कृतका गीत तथा भजनहरू बजाइन्छ ।

यो नाइट क्लब कुनै सानोतिनो नाइट क्लब होइन । त्यहाँ दैनिक ८ सयभन्दा धेरै ग्राहकहरू आउँदछन् ।

उक्त नाइट क्लबमा रक्सी खान पाइँदैन र धुम्रपान पनि निषेध छ । साथै माछामासु पनि खान पाइँदैन । त्यहाँ केवल सफ्ट ड्रिंक्स, जुस तथा शाकाहारी खाना पाइन्छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment