Comments Add Comment

टिपरले अटोलाई  ठक्कर दिँदा दुई जना भारतीयको मृत्यु

६ फागुन, सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा टिपरले अटोलाई ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको अररिया जिल्लाको मोतिहारी ग्राम पञ्चायत निवासी २६ वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही ठाउँका ४५ वर्षीया कुनकुनिया खातुन रहेका छन् ।

मुस्लिम धर्मावलम्बीको सभामा सहभागी भएर घर फर्किने क्रममा ना १ क ५५२७ नम्बरको टिपरले उनीहरु सवार स १ ह ३७९५ नम्बरको अटोलाई बोदेबर्साइन नगरपालिका-४, गौरास्थित भित्री सडक खण्डमा ठक्कर दिएको थियो ।

टिपरको ठक्करले हुसेनको घट्नास्थलमै र खातुनलाई उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी तिलक भारतीले बताए ।

उक्त दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन् । यसमध्ये एक जनाका अवस्था गम्भीर भएकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment