Comments Add Comment

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता

७ फागुन, काठमाडौं । नबिल बैंक लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा भक्तपुरका उद्योग तथा व्यवसाय प्रवद्र्धन विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।

सोही कार्यक्रममा बैंक र संघका सदस्यहरूलाई व्यवसाय प्रवर्द्धन तथा बैकिङ सेवा सुलभ तवरबाट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र संघका अध्यक्ष प्रदीप श्रेष्ठले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतासँगै भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवद्र्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले भक्तपुर उद्योग वाणिज्य संघले नबिल बैंकसँग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रवद्र्धन गर्न बैंकको साथ पाएकोमा खुसी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment