+
+

रेडक्रसलाई कानूनको दायरामा ल्याउन गृह मन्त्रालयलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते १३:४६

८ फागुन, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल रेडक्रस सोसाइटीलाई कानूनको दायरामा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

रेडक्रसले धेरै अनियमितता गरे पनि कारबाही नभएको भन्दै समितिले कुन कानुन अनुसार हुन्छ त्यसैअनुसार नियमको दायराभित्र ल्याउन निर्देशन दिएको हो ।

रेडक्रसले जिल्ला प्रशासन कार्यालयलाई थाहा नदिई १६ पटकसम्म विधान संशोधान गरेको, सरकारलाई जानकारी नगराई करोडौं अनुदान लिएको र हालै भक्तपुरमा निर्माण गर्न लागेको गोदामघर निर्माणमा ब्यापक अनियमितता भएको भन्दै संसदीय समितिमा उजुरी परेको थियो ।

गृहमन्त्री रामबहादुर थापा बादलले रेडक्रसले धेरै अनियमितता गरे पनि कानूनको अभावमा कारबाही गर्न नसकेको बताए । कानून अभावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नमानेको र व्यक्ति नठगिएकाले ठगी मुद्दा लगाउन पनि नसकेको उनले बताए ।

हाल रेडक्रसको अनियमितताबारे महानगरीय परिसरले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?