+
+
Shares

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते ९:०३

११ फागुन, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मकवानपुरको भैंसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको हो ।

थोकरको गजुरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान करिब पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रूपक खड्काले जानकारी दिए ।

सिमेन्ट बोकेर वीरगञ्जबाट बनेपा जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रक आइतबार बिहान करिब सवा तीन बजे त्रिशुली नदीमा खसेको थियो । टायर पड्किएपछि ट्रक अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सहचालक सप्तरीको रुपनगर बस्ने राजेश विक घाइते भएका छन् । उनको गजुरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको धादिङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?