Comments Add Comment

बी डिभिजन लिगमा ब्वाइज युनियनको विजयी शुरुवात

११ फागुन, काठमाडौं । ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आइतबार शुरु भएको बी डिभिजन लिगमा ब्वाइज युनियनले श्री कुमारी क्लबलाई २-० ले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा ब्वाइज युनियनका लागि वर्तमान राई र प्रदीप बोगटीले एक-एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा वर्तमानले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको ब्वाइज युनियनले दवस्रो हाफमा एक गोल थप्यो । ७६ औं मिनेटमा प्रदीपले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितपछि ब्वाइज युनियनले ३ अंक जोडेको छ । ब्वाइज युनियनका अरुण लिम्बु खेलको म्यान अफ दि म्याच घोषित भए ।

बी डिभिजन लिगमा कूल १२ कुलबले प्रतिस्पर्धा गर्दैछन् । ६६ खेलपछि लिग च्याम्पियन हुने टोली ए डिभिजनमा बढुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment