+

एट्लेटिको मड्रिड र सेभिया विजयी

२०७६ फागुन  १२ गते ९:०७ २०७६ फागुन १२ गते ९:०७
एट्लेटिको मड्रिड र सेभिया विजयी

काठमाडौं । एट्लेटिको मड्रिड र सेभिया स्पानिस ला लिगामा जित हात पार्दै शीर्ष चारमा पुगेका छन् ।

आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले भियारियाललाई ३–१ ले हरायो । खेलमा १ गोलले पछि परेर पनि एट्लेटिकोले पुनारागमन जित हात पारेको हो ।

१६ औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै भियारियाललाई अग्रता दिलाएका थिए । तर ४० औं मिनेटमा एन्जन कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

६४ औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए । ७४ औं मिनेटमा जाओ फेलिक्सले गोल गरेपछि एट्लेटिकोले जित पक्का गर्‍यो ।

उता, सभियाले गेटाफेलाई ३–० ले हरायो । गेटाफेलाई उसैको मैदानमा पराजित गर्न सेभियाको लागि लुकास ओकम्पासले ४३ औं, फर्नान्डोले ६७ औं र जुलेस काउडेले ७५औं मिनेटमा गोल गरे ।

जितपछि एट्लेटिको र सेभियाले २५ खेलबाट समान ४३ अंक जोडेका छन् । तर गोलअन्तरमा अगाडि रहँदै एट्लेटिको तेस्रो स्थानमा छ । पराजित गेटाफे भने ४२ अंकसहित पाँचौंमा झरेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय