Comments Add Comment

‘भिडियो च्यालेन्ज’मा दूरदराजका युवाहरु जुर्मुराए – निर्मल श्रेष्ठ

राज्यले ‘भ्रमण वर्ष’को मेलोमेसो मिलाइरहँदा कतिपय युवा भने आफ्ना गाउँ-ठाउँका पर्यटकिय संभावना खोजी गर्दै थिए । आफ्ना गाउँका त्यस्ता ठाउँ, जो पर्यटकिय संभावना भएर पनि ओझेलमा छन् । आफ्ना गाउँका त्यस्ता संस्कृति र परम्परा, जो दुनियाँको लागि चाखलाग्दो हुनसक्छ । आफ्ना गाउँका त्यस्ता रैथाने खानेकुरा, जो सबैको जिब्रोमा रसाउन सक्छ ।

खासमा यो दौड थियो, ‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकको भिडियो च्यालेन्जको ।

गाउँ-ठाउँको मौलिक पहिचानलाई पर्यटकिय मूल्यसँग जोड्ने गजबको तरिका थियो यो । साथसाथै युवाहरुमा आफ्ना ठाउँ, खानपान र संस्कृतिप्रति जागरुक बनाउने काइदा पनि । र, यसका अभियान्ता मध्येका एक थिए, निर्मल श्रेष्ठ ।

हङकङमा रहेर लामो समय मूलधारको पत्रकारिता गरेका श्रेष्ठ अहिले भने ‘मेरो गाउँ-मेरो ठाउँ’ अभियानमा क्रियाशिल छन् । ‘मेरो गाउँ-मेरो ठाउँ’ अन्तर्गत भिडियो च्यालेन्जको दोस्रो संस्करणका लागि जुटिरहेका श्रेष्ठसँग सोही सेरोफेरोमा गरिएको कुराकानी ।

मेरो गाउँ, मेरो ठाउँ अभियानको अवधारणा कसरी आयो ? 

भ्रमण वर्षको लागि पर्यटन विकासको लागि संस्थाले कस्तो खालको काम गर्ने छ ? यसको उदाहरण हामीहरुबाट नै हुन्छ । हामी घुम्नको लागि कहाँ जाने ? चितवन हामी कतिपटक जाने ? सौराहा कति पटक जाने भन्ने कुरा हो । कुनैपनि ठाउँको बारेमा त्यहाँको लोकल मानिसहरु नै धेरै जानकार हुन्छ । उनीहरुकै संलग्नता राम्रोहुन्छ भनेर हामीले एउटा  भिडियो बनाउन भनेर हामीले भन्यौं ।

त्यसलाई प्रभावकारी बनाउनको लागि हामीले यसलाई प्रतियोगिताकै रुपमा विकास गरेर अघि बढायौं । त्यस्ता भिडियोहरु आहृवान गर्दा सकेसम्म चर्चामा नरहेको ठाउँको बारेमा भिडियो बनाउनेलाई प्राथमिकता दिने भनेर पनि तयारी गरियो ।

हामीहरुको कन्सेप्ट चाहिँ नेपालीले मात्रै भन्दा पनि विदेशीलाई पनि हामीले नयाँ मानिसहरु किन नेपाल घुम्न आउने त ? के हेर्नको लागि नेपाल घुम्न आउने त ? भन्नको लागि नै हामीले यस्तो कार्यक्रमको आहृवान गरेका हौं ।

कसरी आह्वान गरियो ?

यस कार्यक्रमको आहृवानको लागि हामीले सामाजिक सञ्जालबाट भिडियोको प्रस्ताव आहृवान गर्यौं ।  यो विषयमा एक हिसाबले हामीहरुको लागि अध्ययन जस्तै हुन्छ । अघिल्लो वर्ष हामीले १६ ठाउँमा त प्रेस मिट नै गर्यौं । सात प्रदेशको १६ शहरमा ।

नेपालका मूलधारका लगभग सबै सञ्चारमाध्यमहरुमा हामीले प्रचार गर्यौं । साथमा स्थानीय सञ्चारमाध्यममा पनि गयौं । तर, हामीलाई आउने प्रतिकि्रयाहरु मध्ये ९९ प्रतिशत चाहिँ फेसबुक युट्युब र इन्स्टाग्रामबाट थाहा पाएको भन्ने गरेका छन् ।

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको पहिलो संस्करणको ग्रान्ड फिनाले

एकदमै थोरै मानिसले मात्रै टेलिभिजनमा हेरेको भनेर भने । त्यसैले हामीले धेरै प्रोमोसन फेसबुकबाट मात्रै प्रोमोसन गर्यौं । हामीले गत वर्ष मात्रै यसको प्रचारको लागि १५० जना जतिलााई यसमा संलग्न हुनु भएको थियो । जस्तो प्रहरीको डिआईजी राजीव सुब्बाको भिडियो हेरेर इलामको एक जना हवल्दारले फोन गरे । पहिले पनि सुनिरहेको भएपनि डिआइजीले बोलेपछि उनलाई चासो बढ्यो । त्यसपछि उनले अध्ययन गरेपछि भिडियो बनाउन थाले र पछि संलग्न भएको । पछि दुई वटा भिडियो पठाएकोमा त्यसैले पनि प्रतिस्पर्धा जित्यो ।

यो भिडियो च्यालेन्जको ध्येय के हो ?

यसको त थिम के भने आफ्नो गाउँठाउँको बारेमा प्रचार गराउनको लागि सबैभन्दा पहिले हामी आफैं त्यसमा सहभागी हुनुपर्छ भन्ने हामीहरुको बुझाई हो । तपाईं जहाँको हो, त्यहाँको मानिसले त्यसलाई यसको महत्वबारे बुझाउनु पर्छ भन्ने कुरा हो । अहिले कसैले त यस्तो राम्रो ठाउँ छ । तर, मसँग कुनैपनि इक्विपमेन्टहरु छैन । यसलाई कसरी प्रयोग गर्न सकिन्छ ? भनेर समेत सोध्ने गरेका छन् ।

भिडियो च्यालेन्जले स्थानिय पर्यटनको प्रवर्द्धन हुन्छ त ?

प्रवर्द्धन गर्ने भनेर भिडियो बनाएर मात्रै पनि भएन । त्यसलाई ठाउँमा पुर्‍याउनु पनि पर्‍यो । त्यसको सवालमा चाहिँ के भइरहेको छ ? भन्ने सवालमा अस्ति आफैंले जर्नी टु सिम्ला जित्ने सुक बहादुर तामाङ, राइनास्को विक्रम, हेमराज जी सबैलाई हामीले हाम्रो फेसबुक पेजबाट लाइभ गरौं भनेर बोलाइयो ।  यो समयमा केही प्रतिकि्रया आयो कि आएन ।

स्थानीय स्तरमा मानिसहरुले कस्तो प्रतिक्रिया दिए भनेर सोधेका थियौं । उहाँहरुको प्रतिकि्रया सुनेर हामीलाई सुखद् सञ्चार भयो । सुक जीले पर्यटकीय थलो बन्न सक्छ भन्ने जानकारी हुँदा हुँदै पनि उनीहरुलाई खासै जागरण भने थिए ।

नुवाकोटको सिंलाका मानिसहरुलाई आफ्नै ठाउँको बारेमा समेत राम्रो जानकारी नभएको बेलामा यो भिडियोले पुरस्कार जितेपछि त्यहाँको गाउँपालिकालाई पनि काम गर्नको लागि चटारो सुरु भएको छ ।

भिडियो च्यालेन्जमा सहभागीहरुलाई के लाभ मिल्यो ?

त्यस्तै, राइनास्ले यो वर्षको उत्कृष्ठ होमस्टेको उपाधि जितेको छ । त्यस्तै विक्रम न्यौपानेलाई मकै विवाह पछि भीमलाल जीलाई नगद पुस्कार र अरु पुरस्कार पनि दिएको भन्ने मानिएको छ । उनीहरु व्यवसायिक भिडियो मेकर त होइनन् । तर, उनीहरुले आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भन्ने सोचेर नै यस अनुसार लागेका हुन् ।

विक्रम जीले त्यसपछि पनि केही डकुमेन्टहरु बनाउनु भयो । त्यो अरुको लागि बनाउनु भएको हो । यसले एउटा व्यक्तित्वको समेत कुरा भयो । यी त सबै जितेकाहरुको कुरा भयो । अरु नजित्नेहरुमा पनि विजेता नभएपनि उनीहरुको भिडियो नेपाल टेलिभिजनले देखाएको देखाई नै गरेको छ ।

कतिपय मानिसहरु त नेपाल टेलिभिजनमा हेरेर नै राइनामा गएको कुरा भेटिएको छ । राइनास होमस्टेमा पछिल्लो समय लिमिटेड मात्रै भएकोले बस्ने ठाउँ नै छैन । अस्ति उनीहरुले विजेताहरु पनि अहिले धेरै फेरि पनि पार्टीसिपेट भएका छन् । उनीहरुे पहिले केही पनि जानकारी नभएकई बुझाईएका भन्दै फेरि पनि मान्छेहरु आएका छन् ।

अपेक्षा गरे अनुरुप नै भिडियो प्राप्त भए त ?

सुरुमा त हामीले यो आहृवान गर्यौं । तर, भिडियोहरु हामीले सोचेकोभन्दा पनि निकै कम आयो । एक महिना हामीले समय थप गर्यौं । थप समयमा पनि अन्तिम हप्तामा मात्रै ८० प्रतिशत जति भिडियोहरु आएको हो । संख्यात्मक रुपमा त्यतिधेरै संख्यामा आउँछ भन्ने नै हामीलाई लागेको छ । यो भिडियो गाह्रो काम हुँदा हुँदै पनि यो धेरै आयो ।

राइनस वरिपरीको जिल्लालाई थाहा होला । अरुलाई त थाहा थिएन । अहिले भिजिट नेपालको लागि पनि यसले प्रचार गर्ने गरेको छ । यहाँ धेरै राम्रा राम्रा अवार्ड नजितेको भिडियोहरु छ । हामीले कहिलै नामै नसुनेका तालहरुको पनि ८/९ वटा तालहरुको बारेमा जानकारी आयो । यो त राम्रो हो नि त ।

अब दास्रो संस्करण अन्तर्गत भिडियो च्यालेन्जको कुरा कहाँ पुगेको छ ?

जुलाई महिनामा सुरु भएको हो । हामीले मे महिनामा यसको फिनाले गर्दैछौं । यो भिजिट नेपालको समयमा नै हामीले दुई महिना छिटो आयोजना गर्न लागेका छौं । अहिलेसम्म १ सय २० वटा अनलाइन र्फम भरिसकेका छन् । यो संख्या के कतिभन्दा पनि यस पटक मानिसहरुमा जनचेतना आयो ।

एउटा राम्रो पक्ष के छ भने गत वर्ष पनि शहरको भन्दा पनिगाउँको धेरै भिडियोहरु आयो । हामीले इक्वीपमेन्टहरु धेरै आउँछ कि भनेको हुम्ला जुम्ला मुगुबाट धेरै भिडियोहरु आयो । जुम्लाबाट आएको भिडियो उहाँले अहिलेसम्म कुनै तालिम लिनु भएको छैन ।

उहाँले भिडियो इडिट समेत गर्नुभयो । कसरी त्यो गर्नुभयो ? भनेको युट्युब हेरेर रे । हामीले अहिले मोबाइलबाट बनाएपनि हुन्छ भनेर भनेका छौं । तर, कम्तिमा पनि एचडि क्वालिटीको हुनुपर्ने भनेका छौं । तर, कतिपयको त मोबाइलमा पनि इडिट गर्न मिल्छ । मसँग ड्रोन पनि छैन । हामीले त हारिहाल्छौं भन्ने सोचाई धेरै छ । तर, त्यो होइन । हामी विषयवस्तुलाई नै धेरै फोकस गर्छाैं । भनेर हामीले भन्दै आएका छौं ।

यसपाली पुरस्कारको विधा र राशी थपिएको हो ?

हामीले यो वर्ष बेस्ट भिडियो अफ दि इयर भनेर छुट्याएका छौं । उत्कृष्ट भिडियोको लागि हामीले ५ लाख रुपैयाँ नगद र त्यसको अवार्ड दिने व्यवस्था गरेका छौं । त्यसपछि नेपाल फिल्म एकेडेमीले दिने २ लाख बराबरको छात्रवृत्ति पनि दिने गरिन्छ । यो वर्षदेखि उत्कृष्ट निर्देशकलाई समेत पुरस्कार दिइने भएको छ । उनीहरुलाई ३ लाख रुपैयाँ नगद र अवार्ड दिन लागिएको हो ।

त्यसपछि एउटा पब्लिक च्याइस अवार्ड भनेर पनि एउटा विधा राखिएको छ । आम जनताको पनि उपस्थिति हुनुपर्छ भनेर यो राखिएको हो । यसमा ३ लाख र २ लाख रुपैयाँ छात्रवृत्ति पनि पाउनेछन् ।

फ्युचर स्टार भन्ने पहिले पनि रहेको विधा हो । गत वर्षको महिलाहरुलाई पनि उत्कृष्ठलाई पुरस्कार दिने, सम्पादनको लागि छुट्टै र भ्वाइस ओभर वा मिक्सिङकोे लागि छुट्टै पुरस्कार राशिको व्यवस्था गरिएको छ । यस्तै १० वटा क्याटागोरीमा ७० वटा नोमिनेसन हुन्छ । हरेक विधामा ७ वटा राख्दा नोमिनेसनमा परेकोहरुलाई समेत हौसला मिल्ने भएकोले नोमिनेसन संख्या बढाइएको हो ।

निर्णयकहरु चाहिँ को-को रहनेछन् त ?

निर्णयकका लागि हामीले पनि एउटा खाका चाहिँ बनाएका छौं । तर अहिले नै निर्णयकको घोषणा गर्दा को कहिले कता जान्छ । कहिले कसको के नमिल्ने कहिले कसको ? यस्तै हुने भएकोले जजहरुको नाम चाहिँ पछि मात्रै भन्छौं ।

मार्च ९ पछि भिडियोहरु आएपछि मात्रै हामी जज छान्छौं ।

भिडियो च्यालेन्ज इमान्दार र पारदर्शी हुन्छ भन्ने कुरामा कसरी ढुक्क हुने ?

अवार्ड सेरेमोनी आफ्नै मान्छेहरुलाई दिनको लागि बनाउने खालको हो भन्ने लाग्थ्यो । तर, त्यस्तो हुँदो रहेनछ भनेर धेरैले भनेका छन् । धेरैले यस्तो बताएका छन् ।

शंका त जहाँ पनि भइहाल्छ । तर, कसैलाई पावर नलगाउँदा पनि जित्ने हुँदो रहेछ भन्ने बताएका छन् ।

हामीलाई पनि धेरैले कत्तिको फेयर हुन्छ ? भनेर सोध्ने गर्नुभएको छ । हामीले नै कसरी भन्ने त ? फेयर छ कि छैन भने ? मेरो गाउँ मेरो ठाउँको थिम राम्रो हुनु परो ।

गर्ने त आखिर बनाउनै पर्‍यो । सञ्चारमाध्यमहरुले बजाइदिनै पर्‍यो । तर, मात्रै कुरा होइन । यहाँ हामीले बनाउने भनेको निर्णयकले हो र विषयबस्तुले हो । यसलाई कुनै सोर्सफोर्सले काम गर्दैन । ग्लोसिप बनाउँदैमा जितिन्छ भन्ने होइन । कन्टेन्ट बलियो हुनुपर्छ ।

कार्यक्रम निकै तामझामका साथ हुनेगर्छ, खर्च धेरै हुन्छ होला ?

मोटामोटी बजेट डेढ करोड रुपैयाँको हो । पुरस्कार राशि २०, २२ लाखको समग्रमा चाहिँ कसरी यति धेरै ? भन्ने प्रश्न पनि  आउँछ । पाँचतारे होटल र साजसज्जामा धेरै आएको भनेर पनि आरोप लाग्छ । त्यसमा म के भन्छु भने पुरस्कारहरु दिँदा त्यसको माहोल पनि चाहिन्छ भन्ने गरिन्छ ।

५ लाखको ठाउँमा १० लाख दिनु र त्यसलाई एउटा कोठामा राख्नु र साढे २ लाख रुपैयाँमा सबै क्षेत्रका मानिसहरु भएको ठाउँमा दिँदा मानिसहरुले दोस्रो पुरस्कारलाई नै धेरैले मन पराउँछन् । त्यसैले हामीले विगतमा राम्रोसँग डिजाइन गर्ने गरेका छौं ।

बजेट चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ ?

हाम्रो ठूलो स्पोन्सर छैन । हामीलाई एनआरएनए, भिजिट नेपाल सचिवालय, पर्यटन बोर्ड साना तिना स्पोन्सरहरुमा केही बैंकहरु छन् । यसरी नै हामीहरुको विङ्सहरु रहेका छन् । हामीले यसमा जसले समय दिनसक्छ समय दिने । सम्बन्धित ज्ञान भएको मानिसले ज्ञान दिने र केही पनि नभएको र व्यवसाय गर्नेले पैसा मात्रै भनेपनि दिएर सहयोग गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment